सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
पर्सा : मध्यतराईमा ४४ डिग्रीसम्म तापक्रम पुगी अत्याधिक गर्मीसँगै विद्यार्थी बेहोस् भएर ढल्न थालेपछि पर्साका सबै विद्यालय बुधबारदेखि ३ दिनसम्म लागि बन्द गरिएको छ। जिल्ला शिक्षा समिति पर्साको निर्णयअनुसार गर्मी बिदामा कट्टा हुने गरी जिल्लाको सबै विद्यालय तीन दिनसम्म बन्द गरिएको हो।
जिल्लाको नृसिंह मावि, त्रिजुद्ध मावि लगायतका माविमा मंगलबार विद्यार्थी अध्याधिक गर्मीकै कारण बेहोस् भएर ढलेको सूचना आएपछि शिक्षा समितिको बैठकले जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा समन्वय ईकाइ कार्यालयका प्रमुख हरि राउतले बताए।
'विपत् आउनु पूर्वको सतर्कतालाई मध्यनजर गर्दै पर्साका सबै विद्यालय बुधबारबाट तीन दिन बन्द गर्ने निर्णय भएको छ। सबै विद्यालयलाई सर्कुलर पनि जारी गरिसकियो' उनले भने।
वीरगन्ज महानगरपालिकाले भने जिल्ला समन्वय समितिसँग सहकार्य नगरी मंगलबार नै तीन दिनसम्मका लागि महानगर क्षेत्रका विद्यालय बन्द गरिसकेको थियो।
अध्याधिक गर्मी बढेसँगै गएको असार १ गतेबाट ६ गतेसम्म पनि पर्साका सबै विद्यालय ६ दिन बन्द गरिएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।