समाज

कवि तथा पत्रकार संगीत श्रोता पक्राउ

असार ११, २०७६

    काठमाडौं : कवि तथा पत्रकार संगीत श्रोतालाई पनि प्रहरीले पक्राउ गरेको छ । राजधानीको प्रदर्शनीमार्गमा साथीहरुसँग रहेका बेला बुधबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो । 

    पक्राउ परेका श्रोतालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनका सहकर्मी दीपक सापकोटाका अनुसार चिया पिउन प्रदर्शनीमार्गमा जम्मा भएका बेला स्रोतालाई प्रहरीले पक्राउ गरेको हो। 

    संगीत श्रोता नयाँ पत्रिका दैनिकमा कार्यरत छन्। उनलाई पक्राउ गरिएको कारणबारे बुझ्न सहकर्मीसहितको पत्रकारको टोली सिंहदरबार वृत्तमा पुगेको छ। सापकोटाका अनुसार पक्राउ गरिएको बारे प्रहरीसँग सोध्दा नचिनेर पक्राउ गरिएको जवाफ दिएका छन्।

    यसअघि बुधबार दिउँसो रसुवाली कवि उपनामका ठाकुरप्रसाद तिमल्सिनालाई पनि प्रहरीले पक्राउ गरेको थियो । तिमल्सिनालाई यसअघि गत वैशाखमा पनि प्रहरीले पक्राउ गरेको थियो।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]