समाज

पशुपतिनाथलाई प्रदेश सरकारमातहत ल्याउन माग

असार ११, २०७६

    हेटौंडा : तीन नम्बर प्रदेश सभाको बैठकमा हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरलाई प्रदेश सरकारमातहत ल्याउन माग गरिएको छ । 

    बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले पशुपतिलाई प्रदेश सरकार अन्तर्गत राख्न माग गरेका हुन् । 

    प्रदेश सरकारले पशुपतिको लागि बजेट नदिएकोमा उनले आक्रोेश व्यक्त गरे। पशुपतिनाथको मन्दिरले ३ नम्बर प्रदेश सरकारका सबैलाई पाल्न सक्ने भन्दै उनले प्रदेशले त्यसमा ध्यान दिनुपर्ने बताए । 

    सभामुखले पार्टी भन्दा माथि उठ्नुपर्ने भन्दै वैद्यले लाचार छाँया नहुन आग्रह गरे। वैद्यले प्रदेश पुर्वाधार विकास कार्यक्रमको चर्काे विरोध गर्दै मुख्यमन्त्रीको प्रचार भए पनि भ्रष्ट्राचार बढ्ने बताए । 

    बजेटले विभेद

    विनियोजन विधेयकमाथि बोल्दै नेमकिपाकी प्रदेश सभा सदस्य सिर्जना सायँजुले बजेटले काखा र पाखा गरेको भन्दै एनजिओ, आईनजिओको पृष्ठपोषण गरेको आरोप लगाइन् । 

    उनले प्रदेश सरकारले बजेट आफ्नो हात आफैं जगन्नाथ गरेको समेत आरोप लगाइन् । नेकपाका सांसद दिपक निरौलाले भने सरकारको पक्षमा बोल्दै बजेटलाई बुझ्ने आफ्नो तरिका भएको बताए । उनले आफ्नो भुगोल मात्रै होइन सिंगो प्रदेशलाई नै बजेट हो भनेर सोच्नु पर्ने बताए ।  

    नेकपाकी सांसद शान्ति थिङले बजेट शतप्रतिशत राम्रो हुन नसकेको बताइन् । उनले बजेटले मन्त्री भएको जिल्लाबाट समृद्ध नेपाल, सुखी नेपालीको सुरुवात भएता पनि मन्त्री नभएको जिल्लामा बजेटले उपेक्षा गरेको बताइन् ।  

    समानुपातिक रुपमा बजेट वितरण गरे  विनियोजन विधेयक उत्कृष्ट हुने उनले बताइन् । विनियोजन विधेयकमाथि बोल्दै राप्रपा संयुक्तकी सांसद रीना गुरुङले कम्युनिष्टको कार्यकर्तालाई पालन पोषण गर्ने खालको बजेट आएको बताइन् । 

    कम्युनिष्टहरुलाई राजा महेन्द्रको पथमा चल्नसमेत उनले आग्रह गरिन् । पहुँचको आधारमा बजेट आउँदा भ्रष्ट्राचार मौलाउने भन्दै नेपाली कांग्रेसकी सांसद विजया श्रेष्ठ केसीले आपत्ति प्रकट गरिन् । 

    यस्तै तत्कालिन नयाँ शक्तिका सांसद प्रेम तामाङले रसुवालाई उपेक्षा गरेको भन्दै बजेटको चर्को विरोध गरे । उनले प्रदेश नीति तथा योजना आयोग नालायक भन्दै खारेज गर्न माग गरे ।  साझा पार्टीकी सांसद शोभा शाक्यले प्रदेश पूर्वाधार विकास कार्यक्रमको बजेट फिर्ता गर्नुपर्ने बताइन् । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]