राजनीति

पक्राउ परेकाहरू आफ्ना कार्यकर्ता नभएको विप्लवको दाबी

File Photo
असार ११, २०७६

    विराटनगर : नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका कार्यकर्ता भन्दै प्रहरीले पक्राउ गरेका मोरङ कानेपोखरी ६ का सुदीप भनिने कंश धिमाल र उर्लाबारी २ सालघारीका केन्द्रलाल धिमाल आफ्ना कार्यकर्ता नभएको जनाएको छ।

    मोरङ प्रहरीले विप्लव समूहका जिल्ला सदस्य अशोक राईसहित धिमालद्वयलाई ५ थान हतियारसहित भिन्नभिन्न स्थानबाट पक्राउ गरेको थियो। नेपाल कम्युनिष्ट पार्टी मोरङका सेक्रेटरी आभाषले मंगलबार एक विज्ञप्ति जारी गर्दै पक्राउ गरेको कंश र केन्द्रलाल धिमालले आफ्नो पार्टीको छवि धुमिल्याउने गरी विगतदेखि गतिविधि गरेको र उनीहरूसँगै जोडेर पार्टीका जिल्ला सदस्य अशोकलाई फसाएको उल्लेख छ।

    ‘विभिन्न छापा र विद्युतीय संचारमाध्यामहरूबाट कानेपाखरी ६ का सुदीप भन्ने कंश धिमाल र उर्लाबारी २ सालघारीका केन्द्रलाल धिमाल (जो हाम्रो पार्टीसँग आवद्ध छैनन्) समेतको गिरिफ्तारीलाई नेकपा कार्यकर्ता नै हतियारसहित पक्राउ गरिएको निज द्वय धिमालहरूको विगत गलत आवरणलाई हाम्रो पार्टीको छवि धमिल्याउने गरि जोडेकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दलाल फासीवादी सत्ता टिकाउन गिरफ्तार गरी हाम्रा नेताकार्यकर्तालाई जसरी पनि अपराधी करार गराउने नियत र विभिन्न प्रकारका अपराधिलाई पनि जबर्जस्ती हाम्रो कार्यकर्ता सावित गर्न खोज्नु नेपाल प्रहरीको राजनीतिक प्रतिशोध सिवाय केही पनि होइन।’

    प्रहरीले भने पक्राउ गरिएका अशोक राई विप्लव समूहको जिल्ला जनपरिषद प्रमुख तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको दाबी गरेको थियो। धिमाल यसअघि २०६६ सालमा झापा दमकको लक्ष्मी बैंक लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरिसकेका तथा उर्लाबारी मंगलबारेस्थित सुनचाँदी पसल लुटपाट घटनामा मुद्दामा चलाइएका व्यक्ति रहेको पनि प्रहरीले जनाएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]