काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अनिवार्य दुईवटा रुख रोप्नुपर्ने भएको छ। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ताहरुलाई अनिवार्य प्रतिव्यक्ति दुई रूख रोप्न निर्देशन दिएका हुन्।
सरकारले यही असार १४ गतेका दिन राष्ट्रिय वृक्षारोपण दिवस मनाउन लागेको पूर्वसन्ध्यामा दुई अध्यक्षले बुधबार देशका सबै जिल्ला कमिटीहरुका नाममा चिठ्ठी पठाएर यस्तो निर्देशन दिएका हुन्।
दुई अध्यक्षले १४ गतेको वृक्षारोपण दिवसमा सहभागी हुन आमकार्यकर्ता, पार्टी सदस्य, समर्थक, शुभचिन्तक र सर्वसाधरणलाई अपिल गरेका छन्। नेकपाले घरमा समेत २ वटा रुख रोप्न आग्रह गरेको छ।
सरकारले आर्थिक वर्ष २०७६/७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने निर्णय गरिसकेको छ। दुई अध्यक्षले जलवायु परिवर्तन र तापमान वृद्धिले विश्वमा ठुलो असर परिरहेको जनाउँदै जंगल फैल्याउन यो अभियान सहभागी हुन आग्रह गरेका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।