समाज : सुरक्षा/अपराध

अपांगता भएकी महिला बलात्कारका दोषीलाई ८ वर्ष कैद फैसला

File Photo
असार ११, २०७६

    दाङ : दाङमा एक अपांगता भएकी महिलामाथि जबरजस्ती करण मुद्दामा एक जनालाई ८ वर्ष कैद फैसला भएको छ। २८ वर्षीया अपांगता भएकी महिलालाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले राप्ती गाउँपालिका १ का २१ वर्षीय समिर अलीलाई ८ वर्ष कैदको फैसला गरेको हो।

    न्यायाधीश हेमन्त रावलको इजलासले अलीलाई दोषी ठहर गर्दै यस्तो फैसला गरेको अदालतले जनाएको छ। पीडित महिलालाई अलीले २०७५ पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय भालुवाङमा पुस १८ गते उजुरी दिएका थिए। प्रहरीले आरोपितलाई पुस १८ गते पक्राउ गरेको थियो।

    पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १८ गते भालुवाङ स्वास्थ्य चौकीमा भएको र प्यारालाइसिसले बिरामी परेकी पीडितको २०७५ फागुन २७ गते मृत्यु भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]