समाज

चट्याङबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

असार ११, २०७६

    दाङ : चट्याङबाट मृत्यु भएका दाङको राप्ती गाउँपालिकाको वडा ३ स्थित ६५ नम्बर गाउँका ३ जना बालकका परिवारलाई किरिया खर्चबापत आर्थिक सहयोग गरिएको छ। राप्ती गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय दाङको दैवी प्रकोपमा मृत्यु भएकाको परिवारलाई तत्काल राहत दिने योजनाअनुसार किरिया खर्च प्रदान गरिएको हो।

    प्रशासनले १/१ लाख र गाउँपालिकाले १५/१५ हजार प्रदान गरिएको हो। राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले दुःखद घटनाले सबै दुःखी भएको र मृतक बालकहरूको आत्माको चिर शान्तिको कामना गर्दै गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको राहत सहयोगको रकमले किरिया खर्च र कुनै सम्झना योग्य कार्य गर्न अनुरोध गरे।

    राप्ती गाउँपालिकाले चट्याङमा परी घाईते भएका अविनाष चौधरीको उपचारको लागि १० हजारसमेत राहत उपलब्ध गराएको छ। मृतक बालबालिका जावुना खान रूखमा चढेका बेला चट्याङमा परेका थिए। चट्याङ लागेर १२ वर्षीय सजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरीको मृत्यु भएको र ८ वर्षीय अविनाष चौधरी घाईते भएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]