राजनीति

नगर प्रमुख सरावगी र चौरसियाबीच सहमति

File Photo
असार ११, २०७६

    पर्सा : वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी र उनीमाथि हातपात गर्ने अजय चौरसियाबीच सहमति भएको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा नगर प्रमुख सरावगी आफैँ पुगेर छलफल भएपछि दुवैपक्ष बीच सहमति भएको हो।

    'मिडियाले ठूलो कुरा बनाइ दिए, पार्टी भित्रको आफ्नै कुरा हो', भन्दै नगर प्रमुख सरावगी आफैँ पर्सा प्रहरी कार्यालयमा पुगेपछि दुवै पक्षलाई राखेर कुरा गरी सहमति भएको पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए।

    ‘'ठूलो कुरै होइन। चौरसिया जीले अलि मेरो कुरा नबुझ्दा कुरा बाजिएको मात्र हो' नगर प्रमुख सरावगीले भन्नु भयो। त्यसैले नगर प्रमुख सरावगीले हातपात गर्नेमाथि निवेदन दिन इन्कार गरेपछि आपसी सहमतिमा कुरा टुँगियो' प्रहरी नावय उपरिक्षक शर्माले भने 'मेयर साहवले खासै केही छैन भने पछि हातपात गरिएको भनिएको चौरसियालाई उहाँकै जिम्मामा छोडिएको हो।'

    विवाद मात्रै भएको तर खासै ठूलो समस्या नभएकाले चौरसियालाई छाडिएको प्रहरीले जनाएको छ। 'पार्टीभित्रको आफ्नै कुरा हो भनेपछि प्रहरीले हातपात गरिएको भनिएका चौरसियालाई प्रहरी कार्यालयमा राखिराख्नु पर्ने केही कारण देखिएन। त्यसैले नगर प्रमुखसँगै छोडिदियौँ' पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक शर्माले भने।

    सम्बन्धित समाचार

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]