समाज : सुरक्षा/अपराध

खुट्टामा बाँधेर १८ लाख रुपैयाँ ल्याउँदै गरेका दुई भारतीय पक्राउ

असार ११, २०७६

    पर्सा : १८ लाख अवैध नेपाली नोटसहित दुई भारतीयलाई वीरगन्जमा पक्राउ गरिएको छ। विशेष सूचनाको आधारमा आफ्नो खुट्टामा बाँधेर लुकाई छिपाई नेपाल ल्याउँदै गरेको श्रोत नखुलेको अवैध १८ लाख नेपाली रकमसहित २ भारतीयलाई पर्सा प्रहरीले वीरगन्जमा पक्राउ गरेको हो।

    दुवैले नेपाली ना २५ प ३८५६ र ना ५८ प ८८३९ नम्बरका मोटरसाइकलमा भारतबाट १८ लाख नेपाली पैसा लिएर नेपाल आउँदै गरेको अवस्थामा वीरगन्ज १६ शंकराचार्य गेट नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। अभियुक्तहरूले श्रोत नखुलेको अवैध १८ लाख नेपाली र ५ हजार ५० रुपैयाँ भारतीय नोट खुट्टामा बाँधेर लुकाइछिपाई नेपाल प्रवेश गरिसकेको अवस्थामा वीरगन्ज भन्सार कार्यालयभन्दा उत्तैपटी शंकराचार्य गेट छेउमा पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

    पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला थाना रामगढवा ग्राम पंचायत वेला वडा नम्बर १७ भैसडा बस्ने २९ वर्षीय बाला यादव र भारतको मोतिहारी थाना रक्सौल ग्राम पंचायत वडा नम्बर १३ बस्ने २० वर्षीय रंजन दास रहेका छन्। अभियुक्तहरूले खुट्टामा भित्रपट्टि पैसा बाँधेर बाहिरबाट पेन्टले छोपी मोटरसाइकलमा आउँदै थिए। सोही क्रममा चेकजाँच गर्दा श्रोत नखुलेको अवैध रकम बरामद भएको हो। अवैध रकम बरामद भएपछि दुवै अभियुक्तलाई उनीहरूले चलाएको मोटरसाइकलसहित पर्सा प्रहरी कार्यालयमा ल्याइएको छ।

    अभियुक्तहरूलाई अवैध हुण्डी कारोवार गरेको अभियोगमा थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]