समाज

ट्याक्टर दुर्घटनामा बेपत्ता अर्पण मृत फेला

असार ११, २०७६

    ताप्लेजुङ : ताप्लेजुङको फुङ्लिङ नगरपालिका १ को दर्गुनेमा भएको ट्याक्टर दुर्घटनामा परि गएरातिदेखि बेपत्ता भएका १७ वर्षीय अर्पण मुखिया मृत अवस्थामा भेटिएका छन्।

    ट्याक्टरका सहचालक पाथिभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङका मुखियाको शव करिव ६ घण्टापछि ट्याक्टर डुवेको खाल्डोवाट निकालिएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सञ्जय सिंह थापाले जानकारी दिए।

    ना ६ त ८७२४ नंम्बरको ट्याक्टर वालुवा पुर्‍याएर फर्कने क्रममा गएराति सोही ठाँउमा बन्दै गरेको नयाँ पुलको खाल्डो खसेको थियो। डिएसपी थापाका अनुसार दुईवटा मोटरको प्रयोग गरि खाल्डोमा जमेको पानी बाहिर निकालेर सहचालकको शव र ट्याक्टर दुवै निकालिएको हो। 

    हाल शवलाई कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको डिएसपी थापाले बताए। बेपत्ता सहचालकको खोजीका लागि बिहानैदेखि प्रहरी र स्थानीय खटिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]