समाज

बम पड्काएको आरोपमा ९ कक्षाका विद्यार्थी पक्राउ

असार ११, २०७६

    सल्यान : सल्यानको कुमाख गाउपालिका ६ बडागाउँका १५ वर्षीय पुस्कर सुनारलाई प्रहरीले पक्राउ गरेको छ। 

    जनकल्याण आधारभूत विद्यालय कोट बडागाउँमा कक्षा ९ मा अध्ययनरत छोरा पुस्करलाई बिहानै प्रहरीले घरबाट पक्राउ गरेको उनका बुवा वीरबहादुर सुनारले जानकारी दिएका छन् ।

    ‘९ कक्षामा अध्ययन गर्ने छोरालाई घरमा बिहानै प्रहरीले घरबाट लगेर गएको छ’, उनले भने, ‘प्रहरीले हप्की दप्की गर्दै गिरफ्तार गर्यो।’

    उनलाई पक्राउ गर्नुको कारणबारे इलाका प्रहरी कार्यालय रागेचौरका इन्स्पेक्टर घनश्याम श्रेष्ठले सोधपुछका लागि ल्याइएको जवाफ दिए। सोमबार राति बडागाउँमा भएको बम विफोटको घटनाबारे सुधपुछका लागि पक्राउ गरिएको जानकारी उनले दिए।

    जिल्ला प्रहरी कार्यालयमा यी किशोर पक्राउबारे जानकारी नभएको सूचना अधिकारी इन्स्पेक्टर पञ्चलाल गोलेले बताए। 

    'ती किशोरलाई हामीले पक्राउ गरेका छैनौँ । जिल्लाको हिरासतमा पनि छैन्, इप्रका थारमारेमा पनि छैन', उनले भने, 'रागेचौरमा पक्राउ गरेकालाई राख्ने हिरासत नै छैन ।'

    पक्राउ गरिएका बालकलाई राखिएको स्थान खुलेको छैन । कक्षा ९ मा अध्ययनरत उनी नेत्रविक्रम चन्द विप्लव निकट विद्यार्थी संगठनका आस्थावान विद्यार्थी हुन् ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]