समाज

गैंडाको खाग ५५ लाखमा किनबेच! ढल्कोबाट समातिए तीन 'तस्कर'

असार ११, २०७६

    काठमाडौं: दुर्लभ तथा संरक्षित वन्यजन्तु गैंडाको खागसहित प्रहरीले राजधानीको ढल्कुबाट तीनजलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रही वृत्त लैनचौरका प्रनाउ सन्तोषसिंह राठौर नेतृत्वको टोलीले ५५ लाख रूपैयाँमा बेच्न लागेको अवस्थामा दुर्लभ वन्यजन्तु गैंडाको खागसहित बुधबार दिउँसो २ बजेको समयमा तीनजनालाई पक्राउ गरेको हो ।

     ढल्कोस्थित डेरामा बस्ने लालबहादुर गुरुङ्गको कोठामा खानतलासी गर्दा गैंडाको खाग जस्तो देखिने एक थान र सेतो सिसाको, पत्थर जस्तो देखिने एक थान बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

    गैंडाको खागसहित पक्राउ पर्नेमा गोरखाको चुमनुब्री गाउँपालिका-३ सिर्दिबास घर भई हाल  काठमाण्डौँ-१७ ढल्कु बस्ने ५३ वर्षीय लाल बहादुर गुरुङ्ग, मकवानपुरको गढी गाउँपालिका-२ घर भइ हाल धादिङ्ग  महादेबबेसी थाक्रे गाउँपालिका-६ बस्ने ३३ वर्षीय अष्ट बहादुर थिङ्ग र धादिङ्गको  महादेवबेसीँ थाक्रे गाउँपालिका-११ बस्ने ३४ वर्षीय गोविन्दप्रसाद मोक्तान छन्।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]