खेलकुद

पाकिस्तानले न्युजिल्यान्डलाई पहिलो हार चखायो, बाबर आजमको सतक

असार १२, २०७६

    एजेन्सी : इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार बर्मिङ्घममा भएको खेलमा पाकिस्तानले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । 

    जारी विश्ववकपमा न्युजिल्यान्डलाई पहिलो हार चखाउने क्रममा पाकिस्तानका लागि बाबर आजमले १०१ रनको शानदार स्कोर गरे। उनीसँगै हरिस सोहेलले ६८ रनको गतिलो पारी खेले। 

    न्युजिल्यान्डले दिएको २३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले सुरूवात गतिलो गर्न सकेन। उसले आफ्ना महत्वपूर्ण तीन विकेट ११० रन बनाएकै अवस्थामा गुमाउन पुग्यो। 

    तर बाबर र सोहेलको महत्वपूर्ण शतकीय साझेदारीको बलमा पाकिस्तानले विश्वकपमा रहिरहन जित्नैपर्ने खेलको नतिजा आफ्नो पक्षमा पारेको हो। सेमीफाइनलमा जानका लागि पाकिस्तानले यो खेल जित्नै पर्ने दबाब थियो।

    पाकिस्तानको तर्फबाट बाबर आजमले सर्वाधिक १०१ रन बनाउँदा न्युजिल्यान्डका लागि से बोल्ट, फर्गुसन र विलियमसनले समान १-१ विकेट लिए।

    न्युजिल्यान्डले दिएको लक्ष्य पछ्याएको पाकिस्तानले सुरूवात नराम्रो गरे पनि मध्यक्रमका व्याटसम्यानले खेल जिताए। पाकिस्तानका ओपनर इमाम उल हक २९ बलमा १९ रन बनाएर पेभेलियन फर्किए।

    त्यस्तै अर्का ओपनर फखहर खानले केबल ९ रन जोडे। त्यसपछि बबर आजमले पाकको पारी सम्हाल्दै १०१ रनको शानदार पारी खेले। उनले  आफ्नो पारीमा ११ चौका प्रहार गरे। 

    पाकिस्तानका लागि हरिस सोहैलले ७६ बलमा ६८ रनको गतिलो पारी खेले । उनले त्यसक्रममा ५ चौका र २ छक्का पनि हाने। त्यसैगरी मोहम्मद हाफिजले ५० बलको सामना गर्दै २१ रनको योगदान दिए। 

    पराजित भएको न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, एलएच फर्ग्युसन र केएस विलियन्सनले समान १-१ विकेट लिन सफल भयो । यो जितपछि पाकिस्तान ७ खेलबाट ७ अंकसहित अंकतालिकाको सातौँ स्थानमा छ। पराजित भएको न्युजिल्यान्ड पनि समान खेलबाट ११ अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]