छापा

छाउगोठ भत्काएपछि पालमुनि

तस्विर– अन्नपूर्ण पोस्ट
असार १२, २०७६

    बाजुरा : बुढीनन्दा नगरपालिका ९ पाण्डुसेनमा गत वर्ष पुस २४ गते छाउगोठमा अम्मा बोहोरा सहित उनका दुई छोराको मृत्यु भयो। उनीहरूको मृत्युपछि ‘ज्यानमारा छाउगोठ’ भन्दै गोठ भत्काउने अभियानले तीव्रता पायो।

    अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, स्थानीय तह, प्रहरी, प्रशासन, नागरिक अगुवा समेत छाउगोठ भत्काउन लागे। तर यसको परिणाम भने  उल्टो भएको छ। छाउगोठ भत्काइएपछि अहिले छाउपडी ओढार र पालमुनी झन् असुरक्षित बस्दै आएका छन्।

    हिमाली गाउँपालिका १ बस्ने जौला रोकाया छाउपडी गोठ बस्न लागेको १३ वर्ष भयो। महिनावारी भएको समयमा उनी सधैँ घर अलगैको गोठमा बस्दै आएकी थिइन्। तर गाउँका अगुवा महिलाले छाउपडी गोठ भत्काएपछि अहिले महिनावारीको बेला उनी असुरक्षित तरिकाले घर बाहिर बस्नुपरेको छ।

    गाउँलाई छाउपडी गोठमुक्त घोषणा गर्न अगुवा महिलाले गोठ भत्काइदिएपछि गाउँ नजिकै रहेको ओढार, पालमा बस्दै आएको जौलाले बताइन्। छाउपडी गोठ भत्काउने अभियानपछि उनी जस्तै गाउँका अन्य महिला पनि कोही प्लास्टिकको पाल त कोही ओढारमा बस्दै आएका छन्। ‘गोठामा बस्दा बरु ग्राहो हुँदैनथ्यो', बेलकी विकले भनिन्, 'पालमा बस्दा झन् समस्या भएको छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]