खेलकुद

एएफसी कपमा मनाङको निराशाजनक यात्रा, जितेन एउटै खेल

बराबरीका दुई खेल नै सम्झन लायक

असार १२, २०७६

    काठमाडौं : सम्‍भवत कसैलेपनि सोचेको थिएन् नेपाली लिग च्याम्पियन मनाङ एएफसी कपको समूहचरणमा यति निरीह हुन्छ भनेर। कारण लिगमा मनाङले एकपक्षीय जितसहित ट्रफी चुमेको थियो।

    प्रतियोगिताको पहिलो चरणमा नेपाल समानकै दक्षिण एसियाली टिमहरु नै प्रतिष्पर्धामा थिए त्यसैले मनाङ दाबेदारी दिन सक्ने मानिएको थियो। तर अवस्था फरक रह्यो। मनाङ सबै ६ खेलमा जितविहीन रह्यो। अझ दुई खेलको बराबरी नै मनाङको सर्वाधिक राम्रो नतिजाका रुपमा रह्यो।

    किन खस्कियो मनाङ?

    मनाङ प्रतियोगितामा एकजित पनि निकाल्न नसक्नुका पछाडि प्रतियोगितालाई मनाङले त्यतिधेरै सिरियसलीनै लिएन। प्रशिक्षक छिरिङ लोप्साङले जति पनि खेलमा मनाङले खराव नतिजा निकाल्यो प्राय सबै खेलमा टिमले राम्रो खेलका बाबजुत हारेको सतही टिप्पणी गरिरहे।

    उनले ठोस रुपमा मनाङ हारको कारण पहिल्याउने चेस्टानै गरेनन्। उनमा खेलमा फर्मममा नरहेपनि विदेशी खेलाडी राख्नै पर्छ भन्ने मान्यताले काम गर्‍यो। कतिपय अबस्थामा उनको रणनीतीलाई विपक्षीले सहजै पचाइदिए।

    यो बीचमा प्रशिक्षकले अर्को खेल सुधार्ने बचन दिन छुटाएनन् भने अन्तिम खेलमा पराजित हुँदा प्रतियोगितामा मनाङले राम्रो खेलेको भनेर झनै लज्जास्पद टिप्पणी गर्न भ्याए।

    अवे मैदानमा जम्मा दुई गोल

    मनाङ आफ्नो भूमिमात प्रभावहीन नै रह्यो तर विदेशी भुमिमा पनि मनाङ थप निरीह रह्यो। मनाङले प्रतियोगितामा छवि नै सर्वाधिक कमजोर टिमका रूपमा स्थापित गर्‍यो। त्यही भएर विपक्षीले मनाङसँगको बराबरी या हार भनेको प्रतियोगिताबाट बाहिरिनुका रूपमा लिए।

    अवस्था पनि त्यस्तै रह्यो। मनाङ ३ अप्रिलमा भएको पहिलो खेलमा सातदोबाटोमा केहि प्रतिष्पर्धी जस्तो देखियो। अहिले दोस्रो चरण छनोट भएको अवहानीविरुद्ध प्रतिष्पर्धात्मक थियो। किनकी त्यो बेला मनाङको जोस लिग च्याम्पियनका रूपमा थियो। उक्त खेल १-० ले गुमायो।

    दोस्रो खेलबाट भगवान भरोसा

    पहिलो खेलमा पराजित भएपछि दोस्रो खेलबाट भने मनाङले एएफसियात्रालाई मानसिक रूपमा विश्राम लियो । उसले अघिल्लो चरण पुग्छु भन्ने हिमतनै हार्‍यो। १७ अप्रिलमा अहमेदाबाद मैदानमा मनाङ चेन्नइयीन सँगको अवे खेलमा २–० ले हार्‍यो। उक्त खेलमा पनि प्रशिक्षक लोप्साङले मौसम र सतहीरूपमा टिमको बचाउ गरे।

    नतिजा बराबरी खुसी जितसरह

    लगातार दुई खेलमा पराजित भएपछि प्रशिक्षक लोप्साङमाथि दबाब बढेको थियो भने लिग च्याम्पियनको खराव प्रदर्शनमा प्रश्न उठन् थालेको थियो तर १ मे भुवनेश्वरमा मनाङले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्‍यो।

    भारतीय टिम मिनर्भा पञ्जावसँग २–२ को बराबरी खेल्यो । तर उक्त खेलमा पन्जाव आफ्ना केहि स्टार खेलाडीको चोटमा थियो। त्यसको फाइदा मनाङले उठायो। प्रतियोगिताको बराबरी किङको छवि बनाएको पञ्जावविरुद्ध एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङले कुनै चमत्कार गरेन। फेरि १–१ को बराबरी खेल्यो।

    अबहानीले दिएको झट्का

    अप्रिल ३ बाट १९ जुनसम्म आउँदा मनाङको खेल निकै तल पुगिसकेको थियो तर अबहानी भने अघिल्लो चरणको दाबेदारमा सर्वाधिक अघि पगिसकेको थियो ।

    सातदोबाटोमा १ गोल खाएको मनाङ ढाकामा ५–० ले हार ब्योहोर्न पुगेको थियो। त्यो अवहानी बलियो बनेको भन्दा पनि मनाङको कमजोरीको स्तर कहाँ पुगेको भनेर देखाउन पर्याप्त बन्यो । जुन खेलले मनाङको औपचारीक यात्रा त अन्त गर्‍यो नै नेपाली लिग च्याम्पियनको साखमानै प्रश्न उठाउन पर्याप्त भयो ।

    निरासाजनक अन्त प्रशिक्षकमा उत्साह

    प्रतियोगिताको अन्तिम खेलमा सातदोबाटोमा बुधबार मनाङ ३–२ ले पराजित भयो। एउटा पनि जित निकाल्न नसकेको जस लिँदै राजीनामा गर्नुपर्ने प्रशिक्षकको उत्साह भने छनोट भए सरह थियो।

    उनको भनाइलाई मान्ने हो भने मनाङले जति टिम विरुद्ध खेल्यो ति साँचिकै प्रभावसाली थिए र मनाङ यति निरीह टिम थियो कि उनीहरू विरुद्धको बराबरी र कम गोल खानु  ठूलो सफलता हो।

    समग्रमा मनाङ नेपालको प्रतिनिधित्व गरेको क्लब हो तर उसको खच्चकँदो फुटबललाई क्लबले नसोचे आगामी दिन मनाङको मात्र होइन नेपाली फुटबलकै कस्टकर बन्दै जानेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]