समाज

गाँठेकिराले खायो कोदोबाली, फेरि बीउ छर्दै कृषक

असार १२, २०७६

    जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–३ मा गाँठेकीराले कोदोबाली नष्ट पारेको छ। वडा नं. ३ मा रहेको गुसालेकमा गत चैतमा लगाएको कोदोबाली रोगले नष्ट भएको हो। 

    बाली गाँठेकीराले नष्ट गरेपछि कृषकले बारीमा कोदो फेरि छर्केका छन्। रोगको प्रकोपका कारण किसानले कीटनाशक औषधि प्रयोगका लागि कृषि ज्ञान केन्द्र हुम्लामा जानकारी गराए पनि सुनुवाइ नभएको कृषक जीवन फडेराले जानकारी दिए। 

    गाँठेकिराले कोदोबाली नष्ट गरेपछि पुनः उत्पादन गर्न खेतमा कोदो छर्कँदा कहिले उम्रेर कहिले फल लाग्ने भन्नेमा कृषक चिन्तामा परेका छन्। कोदो राम्रोसँग सर्न नपाउँदै पानी पर्न बन्द भएकाले पनि बारीमा कोदोको बोटमा रोग लागेको हुनसक्ने कृषकले बताउँदै आएका छन्।

    शुरुदेखि नै कोदोमा गाँठेकीरा, ग्वारोकीरा र खुम्लेकीराले सताउनुका साथै गोड्ने समयदेखि कोदोमा ढुसी, जरा कुहिने र फट्याङ्ग्राको प्रकोप अत्यधिक रहेको कृषकको भनाइ छ। आधुनिक खेती प्रणालीमा जान नसक्दा र व्यावसायिक खेती गर्न नसकेर कृषकले परम्परागत खेती गर्दा यस्तो समस्या निम्तिएको हो।

    रोग लागेर नष्ट भएपछि त्यहाँका किसान कात्तिकमा के खाने भन्नेमा चिन्तित देखिएका छन्। छ महिनाको खेतीपातीले  एक वर्ष पुर्‍याउनुपर्ने जिल्लाका कृषकलाई यसका कारण समस्या हुने भएको छ। यस्तै जिल्लाको सिमकोट गाउँपालिका–२ मा पनि कात्तिकमा उत्पादन हुने कोदोमा रोग देखापरेको किसानले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]