खेलकुद

सन्यासको तयारीमा क्रिश गेल

असार १२, २०७६

    चर्चित क्रिकेटर तथा ब्याट्सम्यान क्रिश गेललाई नचिन्ने सायदै खेलप्रेमी होलान्। उनका प्रशंसक विश्वभरी नै छन्। तर प्रशसंकहरूका लागि दुःखको खबर छ। 

    अब गेलले क्रिकेटबाट सन्यास लिने भएका छन्। गेलले भारतसँगको अगस्ट र सेप्टेम्बरमा हुने टेस्ट र वन डे सिरिजपश्चात् सन्यास लिन चाहेको बताइएको छ। तर योभन्दा पहिले उनी विश्वकपपश्चात नै सन्यास लिने चाहेका थिए। तर उनले अन्तिम खेल भारतविरुद्ध पश्चात सन्यास लिने भएका छन्।

     ३९ वर्षीय गेलले आफ्नो अन्तिम खेल विश्वकप हुने बताएका थिए। बुधबार बेलुका संचारकर्मीसगँ बोल्दै उनले आफ्नो सन्यास लिने बेला आएको बताएका हुन्।

    सन्यासपश्चात कसरी अगाडि बढ्नुहुन्छ? भन्ने पत्रकारको प्रश्नमा गेलले सन्यास नै जीवनको अन्त्य नभएको बताए। 'मैले अझै केही म्याचहरू खेल्न सक्छु। भविष्य कसले देखेको छ र? मेरो योजना भारतविरुद्ध टेस्ट म्याच र वनडे खेल्ने हो। तर टि २० खेल्ने मेरो कुनै रहर छैन' वर्ल्डकपपश्चात गेलले आफ्नो योजना सुनाए।

    वेस्टइंडिज टिमका मीडिया म्यानेजर फिलिप स्पूनरले गेलका लागि भारत विरुद्धको सिरिज नै देशका लागि अन्तिम खेल हुने जानकारी दिएका छन्। भारतविरुद्धको खेलमा गेलको अहम भूमिका हुने खेल विश्लेषकहरूको दाबी छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]