काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
कास्की : मेयर मानबहादुर जीसीले छलफल नै नगरी बजेट पास गरेको भन्दै कांग्रेसबाट निर्वाचित केही वडाध्यक्षले कार्यक्रमस्थलमै भाँडभैलो मच्चाएका छन्।
पोखरा महानगरले गत मंगलबार ल्याएको बजेट छलफल नै नगरी पास गरेको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएका हुन् ।
उनीहरुले बजेट (रातो किताब) समेत च्याते । पोखरा महानगर वडा नम्बर ४ का अध्यक्ष शंकर बाँस्तोलाले मेयर जीसीले रेडबुकमाथि छलफलका लागि कुरा राख्न नदिएको भन्दै आक्रोश पोखे। उनैले कार्यक्रमस्थलबाट कुर्सी र सोफा उठाएर फाले ।
पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट प्रस्तुत गरेको थियो। उक्त बजेट आएपछि बुधबार बिनियोजन विधेयक पारित भइसकेको छ।
‘बजेट आएपछि छलफल गर्नुपर्दैन?,’ वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोलाले भने, ‘नीति तथा कार्यक्रम आएपछि बजेट ल्याइयो। बजेटमा आफ्ना कुरा राख्न नपाउने कहिँ हुन्छ। तानाशाही शासन जस्तो लाद्न खोज्ने ?’
बजेटमा सत्ता र प्रतिपक्षको नाममा भेदभाव गरेको भन्दै कुर्सी र सोफा पनि फालेका थिए। बिहीबार उनै कांग्रेसनिकट जनप्रतिनिधिहरुले पोखरा महानगरको प्रवेशद्वारमा ताला लगाएर धर्ना दिएका छन् ।
भिडियो
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।