समाज

क्लिन फिड विवाद : ‘लोकल’ विज्ञापन पाउने कि नपाउने?

असार १२, २०७६

    काठमाडौं : सरकारले प्रस्ताव गरेको ‘क्लिन फिड’को व्यवस्थाविरुद्ध नेपालका टेलिभिजन वितरकहरू आन्दोलित बनेपछि यो विषय अहिले चर्चामा छ। यसले नेपालका सञ्चारमाध्यम मात्र होइन  सामाजिक सञ्जाललाई पनि तताएको छ।

    क्लिन फिड भनेको विदेशी च्यानलहरूले उनीहरूले आफ्नो देशमा उत्पादन गरेको विज्ञापन यहाँका टेलिभिजनहरूमा प्रशारण गर्न नपाउने प्रक्रिया हो। जुन कुराको टेलिभिजन वितरकहरूले विरोध गरिरहेका छन्। विरोधस्वरूप वितरकहरूले २४ घन्टासम्म सबै विदेशी च्यानलको प्रशारण पनि बन्द गराए। तर यो कार्यको आम उपभोक्ताद्धारा विरोध भयो।

    सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्न यो कानुन ल्याउन लागेको बताएको छ र विधेयक प्रस्ताव नै गरिसकेको छ। त्यसैले टेलिभिजन वितरकहरूको अहिलेको विरोधले नागरिकको सूचनासम्बन्धी हक, अभिव्यक्ति स्वतन्त्रताको हक र उपभोक्ता अधिकारसम्बन्धी हकको हनन भएको बताएको छ। ग्राहकसँग टेलिभिजन वितरकले गरेको अप्रत्यक्ष करारविपरीत हुने गरी सेवा अवरुद्ध गर्नु अवैधानिक नभएको अधिकारवालाहरू पनि बताउँछन्।

    टेलिभिजिन वितरक यसलाई मान्न तयार छैनन्। उनीहरू सरकारले क्लिन फिड लाग्दा कस्तो असर पर्छ भन्ने सबैलाई जानकारी गराउन २४ घण्टा ब्ल्याक आउट गरिएको बताउँछन्। सरकार भन्छ यसरी सबका सब बन्द भएजस्तो क्लिनफिड होइन भन्छ। विदेशी तथा हिन्दीभाषी च्यानलहरू नेपालका लागि छुट्टै क्लिन फिड दिन तयार नभएको उनीहरूको दाबी छ।

    लोकलविज्ञापन गर्न पाउने कि नपाउने?

    जानकारहरू यो विषय यहाँका टेलिभिजन वितरकका साथै सरोकारवाला र कलाकारहरूले पनि बुझ्न नसकेको बताएका छन्। यस विषयका एकजना जानकार भन्छन्– 'यहाँ कलाकारहरू पनि त्यसै उफ्रिएका छन्, उनीहरूले विधेयकमा के कुरा छ भन्ने कुरा थाहा नै पाएका छैनन्।

    उनका अनुसार सो विधेयकमा विदेशी च्यानलहरूमा स्थानीय विज्ञापन पनि राख्न नमिल्ने गरी व्यवस्था गरिएको छ। त्यो ‘क्लिन फिड’ नै हो, त्यसमा कुनै पनि विज्ञापन राख्न नपाउने गरी मस्यौदा गरिएको छ' उनले भने।

    उनको दाबी छ– यसले स्वदेशी विज्ञापन एजेन्सीहरूलाई फाइदा हुन्छ, नेपालका कलाकार आदिले काम पाउँछन् फाइदाजनक छ भनिएको छ, तर त्यो सरकारले विधेयक पास गराउनका लागि हो, त्यसमा धेरैको ध्यान पुगेको छैन।

    हुनत नेपालका टेलिभिजन, कलाकार, विज्ञापन एजेन्सीहरू तथा पत्रकार महासंघले गरेको समर्थन पनि त्यसैका लागि हो। उनीहरूले पनि स्थानीय उत्पादनको विज्ञापन राख्न पाउने तथा बहुराष्ट्रिय कम्पनीहरूको पनि विदेशमा उत्पादित विज्ञापन नेपालमै उत्पादन गरेर ती च्यानलमा दिन पाउने भनी बुझेका छन्।

    तर, वास्तविकता भने त्यस्तो छैन। सरकारले क्लिन फिडसम्बन्धी विधेयकमा खासमा विदेशी च्यानलहरूमा विज्ञापन नै राख्न नपाउने गरी बनाएको छ। ती च्यानलमा स्थानीय र विदेशमै बनाइएका विज्ञापनहरू पनि राख्न नसकिने उक्त विधेयकमा उल्लेख छ।

    अहिले  हाम्रा कलाकारको भनाइ यो छ कि उताको नआएर स्वदेशी विज्ञापन दिन पाउनुपर्छ, जसले गर्दा आफूहरूले पनि काम पाइन्छ। विज्ञापन एजेन्सीहरूको पनि त्यही हो। लोकल विज्ञापन चाहियो र त्यो नै ती च्यानलमा प्रशारण गर्नुपरो भन्ने हो। बाहिरका च्यानलहरू बन्द गर्नु अहिलेको जमानामा सम्भव छैन किनभने त्यो भनेको उत्तर कोरियाको जस्तो अवस्था आउने हो।

    त्यसैले यदि स्वदेशी विज्ञापन दिने हो भने त ठीक छ भन्नेमा सबै पुगेको अवस्था छ। तर, विधेयकको वास्तविकता त्यस्तो नभएको कुरामा भने अहिलेसम्म पनि कसैको ध्यान पुगेको छैन। यदि त्यो वास्तविकता बुझ्ने हो भने त त्यसले यताको न उताको विज्ञापन भन्ने नै ध्येय राखेको छ। यसरी भने च्यानल चल्न सक्दैनन्।

    यदि दुवैतर्फको विज्ञापन नआउने हो भने त्यस्तो अवस्थामा च्यानल चल्न सक्दैनन् किनेभने त्यो खाली समयमा के गर्ने त भन्ने कुरा हुन जान्छ। त्यसैले यो अहिलेको क्लन फिडको अवधारणा ठीक छ, यो राष्ट्रियता र राष्ट्रिय आयकै पक्षमा रहन्छ। तर लोकल पनि विज्ञापन राख्न पाइएन भने त के काम भयो र? यो कुरा विधेयक पास नुहँदै सबैले बुझ्न जरुरी छ। 

    किन रोकियो क्लिन फिड लागु गर्ने निर्णय? 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]