समाज

डिभिजन सिँचाइ प्रमुख दुई लाख घुससहित पक्राउ

चामलको बोरामा भेटियो दुई लाख

असार १२, २०७६

    कञ्चनपुर : जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तव दुई लाख रुपैयाँ घुससहित समातिएका छन्। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित सम्पर्क कार्यालयको टोलीले श्रीवास्तवलाई दुई लाख रुपैयाँ घुससहित उनको कार्यकक्षबाटै पक्राउ गरेको जानकारी अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले दिएका छन्। उनीसँगै त्यही कार्यालयका इन्जिनियर ग्रिस्मा ठगुन्‍ना पनि घुससहित पक्राउ परेका छन्। 

    भान्सा कोठामा चामलको बोरामा लुकाइराखेको दुई लाख रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसनधानको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी टोपबहादु बिष्टले पुष्टि गरे। 

    विष्टका अनुसार श्रीवास्तवले चौधर नदीमा निर्माण गरिएको तटबन्धको भुक्तानी दिने क्रममा घुस लिएका थिए।  पक्राउ परेका श्रीवास्तवलाई नियन्त्रणमा राखेर अख्तियारको टोलीले सोधपुछ गरिरहेको छ। 

राजेन्द्र पनेरु

पनेरु थाहा खबरका कञ्चनपुर समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]