राजनीति

मुख्यमन्त्री राउतले बाँडे ११४ छात्रालाई साइकल

असार १२, २०७६

    जनकपुरधाम : प्रदेश २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बिहीबारबाट साइकल वितरण कार्य सुरु गरिएको छ।

    मुख्यमन्त्री लालबाबु राउतले जनकपुरस्थित सकल भवन कन्या माध्यमिक विद्यालयबाट साइकल वितरण सुरु गरेका हुन्। विद्यालयमै आयोजित समारोहमा मुख्यमन्त्री राउतले कक्षा ८ मा अध्ययनरत १ सय १४ छात्रालाई साइकल हस्तान्तरण गरेका छन्।

    साइकल पाएपछि टाढाबाट आउने छात्रालाई सहज हुने मुख्यमन्त्री राउतले बताए। उनले साइकल वितरण अभियान बिहीबारबाट सुरु भएको र यस आर्थिक वर्षमै सय १४ हजार साइकल बाँड्ने योजना रहेको बताए। उनले भने– 'पहिले ४ हजार वितरण हुन्छ। यसलगत्तै थप १० हजार बाँड्ने योजना छ।’

    ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालयको निर्माणजस्ता कार्यक्रम अघि बढाएर महिला सशक्तिकरणमा यस प्रदेशलाई अग्रपंक्तिमा राख्ने सोच लिएको मुख्यमन्त्री राउतको भनाई थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]