राजनीति

भीम रावलले भने : सरकारको कामको समीक्षा गर्ने बेला आयो

असार १२, २०७६

    धनगढी : नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले संघीय सरकारको कामको समीक्षा गर्ने बेला आएको बताएका छन् । 

    बिहीबार बिहान धनगढीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै नेता रावलले सरकार परिवर्तन भन्दा समीक्षा गर्र्ने बेला आएको बताएका हुन् ।

    ‘सरकारका समग्र काम कारबाहीको समीक्षा गर्नुपर्ने देखिन्छ’ रावलले भने ‘मन्त्रालयगत समीक्षा हुनु आवश्यक छ ।’ सरकारले आफ्नो कामको समीक्षा गर्ने योजना बनाइरहेको हुनसक्ने उनले बताए । ‘सरकारको समीक्षा गर्ने बेला भइसकेको छ’, उनले भने, ‘यस विषयमा सरकारले केही सोही रहेको होला ।’

    सुदूरपश्चिम प्रदेशका जिल्ला कमिटी सदस्यहरूको शपथमा सहभागी हुन दुई साताअघि सुदूरपश्चिम आएका रावलले प्रदेश सरकारको मन्त्रिमण्डल फेरबदलको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

    ‘प्रदेश सरकारको विषयमा पनि त्यस्तो छलफल भएको छैन’ उनले भने, ‘अहिले सरकार परिवर्तन भन्दा पनि जनताका आवश्यक्तका विषयलाई ध्यान दिनु पर्ने बेला हो ।’ संघीय सरकार र प्रदेश सरकार दुवैले सोचे अनुसार गति लिन नसकेको उनले बताए । 

    रावलले पार्टी एकीकरणको काम समयमै सक्नु पर्ने बताएका छन् । ‘पार्टी एकीकरणमा ढिलाइ हुँदा केही समस्या भइरहेको छ’ उनले भने, ‘एकीकरणको काम सम्पन्न भएपछि सबै कमिटीहरू परिचालित हुन्छन् । पार्टी र सरकार दुवैले गरेका राम्रा कामहरू जनतामाझ आउँछ ।’

    सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको रातो किताब जलाएर नेपाली कांग्रेसले गैरसंसदीय काम गरेको उनले आरोप लगाए । ‘विकास निर्माणका विषयमा केही समस्या देखिए छलफलबाट यसको समाधान खोजिनु पर्ने थियो’ रावलले भने,  ‘रातो किताब जलाउनु उचित होइन ।’

    दुई सातादेखि सुदूरपश्चिम प्रदेशमा रहेका नेता रावल बिहीबार राजधानी फर्किएका छन् ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]