काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुर पुर्नवासमा नेकपा कार्यकर्ताको आक्रमण घाइते भएका कार्यकर्तालाई भेटेर स्वास्थ्यको जानकारी लिएका छन् ।
घाइतेमध्ये उपचारका लागि काठमाडौं ल्याइएका गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई न्युरो अस्पताल बाँसबारीमा भेटेर पौडेलले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
मङ्गलबार कञ्चनपुरको पुर्नवासमा खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउने क्रममा नेकपाका कार्यकर्ताले काङ्ग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरसचिव विक्रम चन्द, नेता हरेन्द्रसिंह बिष्टका साथै कार्यकर्ता कृष्णबहादुर चन्द र तरुण नेता राम खड्कामाथि आक्रमण गरेका थिए ।
पौडेलले घाइतेको उपचार र घटनाका दोषीमाथि तत्काल कारवाही गर्न सरकारसाँग माग गरेका छन् । उनले लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनताको हकको ख्याल नगरी सत्ताको उन्मादमा कांग्रेस कार्यकर्तामाथि आक्रमण गरिएको बताए ।
पौडेलले पुलिस प्रशासनको आडमा कांग्रेस नेता-कार्यकर्तामाथि आक्रमण गरी सरकारका मन्त्रीले गुण्डागर्दीको शैली अपनाएको बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।