समाज

१०६ विपन्न परिवारलाई निःशुल्क विद्युत मिटरबक्स

असार १२, २०७६

    चितवन :  नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अतिविपन्न समुदाय १०६ घरधुरीलाई निःशुल्क मिटरबक्स वितरण गरेको छ। बिहीबार केन्द्रको कार्यालयमा एक कार्यक्रम गरी क्षेत्रीय कार्यालय हेटौँडाका निर्देशक श्री राम‍राज पाण्डेले उनीहरूलाई मिटरबक्स वितरण गरेका हुन्।

    मिटरबक्स जडान गर्नेक्रममा 'एमसिबी' पनि निःशुल्क दिइने केन्द्रले जनाएको छ। नेपाल सरकारको उज्यालो नेपाल कार्यक्रमअन्तर्गत विनियोजन भएको ६० लाख बजेटबाट मिटरबक्स वितरण गरिएको निर्देशक पाण्डेले बताए।

    ३५० भन्दा बढी घरले फारम भरे पनि पहिलो चरणमा १०६ जनालाई वितरण गरिएको र अन्यलाई पनि क्रमशः वितरण गर्ने केन्द्रका प्रमुख सुरेस कुमार महत्तोले जानकारी दिए। भरतपुर वितरण केन्द्र अन्तर्गतका भरतपुर, माडी, तनहुँलगायत विभिन्न स्थानका बोटे, दराई, चेपाङ, दलित लगायतका अतिविपन्न समुदायलाई वितरण गरिएको हो।

    सम्बन्धित वडाको सिफारिस लिएर फारम भरेका, १ कठ्ठाभन्दा कम जमिन भएकालाई अतिविपन्नको सूचीमा सूचीकृत गरी मिटरबक्स वितरण गरिएको केन्द्रले जनाएको छ। लालपुर्जा नभएकालाई भने धरौटीबापत १ हजार शुल्क तोकिएको जनाइएको छ।

    फारम भरेर मिटरबक्स लिन वितरण केन्द्रमा पुगेका केही भने त्यसै फर्किए। उनीहरूले केन्द्रले फोन गरेर बोलाएर नदिएको भन्दै आक्रोस पोखेका छन। यसअघि टाँडी वितरण केन्द्रले पनि अतिविपन्न परिवारलाई निःशुल्क मिटरबक्स वितरण गरेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]