समाज

प्रदेश मातहत कार्यालयको विकास खर्च न्यून

असार १२, २०७६

    बैतडी : सुदूरपश्चिम प्रदेश सरकार मातहत बैतडीमा स्थापना भएका कार्यालयहरूको विकास खर्चको स्थिति निकै निराशाजनक रहेको छ। 

    चालु आर्थिक वर्ष सकिन १८ दिन मात्रै बाँकी रहँदा धेरै जसो कार्यालयले ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेका छैनन्। तर कार्यालयहरूले भने ० प्रतिशतसम्म खर्च हुने दाबी गरेका छन्। 

    बजेट सक्न भ्याइनभ्याई गरेर काम भइरहेको स्थानीयको आरोप छ। तर कार्यालयहरूले काम सम्पन्न भइसकेको र बील उठाउन बाँकी रहेकाले खर्च कम देखिएको दाबी गरेका छन्। तीन जिल्ला बैतडी, बझाङ र दार्चुला हेर्ने गरेर बैतडीमा स्थापना भएको पूर्वाधार विकास कार्यालयले ९७ करोड ९ लाख मध्ये २८ करोड २९ लाख मात्रै खर्च भएको छ। यो जम्मा बजेटको २८.८७ प्रतिशत मात्रै खर्च हो। 

    अबको २० दिनमा ६० प्रतिशत बढी खर्च हुने पूर्वाधार विकास कार्यालयले दाबी गरेको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय १ बैतडीको ३१ करोड ५३ लाख बजेट मध्ये १६ करोड ७२ लाख मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयको १ करोड ४० लाख मध्ये २९ लाख ७३ हजार खर्च भएको उहाँले बताए।

    कृषि ज्ञान केन्द्र बैतडीको ८३ लाख ५० हजार पूँजीगत बजेट मध्ये ३३ लाख २० हजार मात्रै खर्च भएको छ भने सुख्खा फलफूल विकास केन्द्रको ५२ लाख ५० हजार मध्ये २० लाख ७७ हजार मात्रै खर्च भएको छ। यसैगरी घरेलु तथा साना उद्योग विकास समितिको ५३ लाख १० हजार मध्ये २ लाख १२ हजार मात्रै खर्च भएको छ। डिभिजन वन कार्यालयको ९६ लाख ३५ हजार मध्ये ४९ लाख ७७ हजार खर्च भएको छ। 

    शिक्षा विकास तथा समन्वय इकाइको १ करोड ७ लाख मध्ये ४३ लाख ६० हजार खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस्तै जलस्राेत तथा सिंचाइ विकास डिभिजन कार्यालयको ३१ करोड ३ लाख मध्ये ९ करोड ६४ लाख मात्रै खर्च भएको छ। यो कुल पुँजीगत बजेटको ३०.२ प्रतिशत मात्रै हुन आउँछ।

    यस्तै शहरी विकास तथा भवन कार्यालयको ९ करोड ८४ लाख पुँजीगत बजेट मध्ये २ करोड ६० लाख मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी भाष्करदत्त पन्तले बताए। 

    शुरुमै अख्तियारी आएको बजेटको खर्चको स्थिति निकै निराशाजनक रहेकाले असारे विकासको प्रवृतिमा कुनै कमी नआएको स्थानीय महेशदत्त भट्टको भनाई छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]