राजनीति

प्रदेश ३ को बजेट बहुमतले पारित

असार १२, २०७६

    हेटौँडा : प्रदेश ३ को आर्थिक वर्ष २०७६/०७७ को बजेट बहुमतले पारित भएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले प्रस्ताव गरेका विनियोजन विधेयक र राजश्व र व्ययको अनुमान  पारित गर्ने प्रस्ताव बहुमतले पारित भएको हो।

    संसदमा नेकपाका सांसदले बजेट पारित गर्न “हुन्छ” भन्ने पक्षमा हात उठाएका थिए भने, नेपाली कांग्रेस र नेमकिपा र साझा पार्टीले बजेट पारित गर्न “हुन्न” भन्ने पक्षमा हात उठाएका थिए। यस्तै राप्रपा संयुक्तकी प्रदेशसभा सदस्यले हुन्छ वा हुन्न भन्ने दुवै पक्षमा हात उठाइनन्। 

    प्रदेश ३ मा प्रतिनिधित्व गर्ने दल नेपाली कांग्रेसका सांसद न्हुच्छे नारायण श्रेष्ठ, नेमकिपाका सांसद सुरेन्द्र राज गोसाईँ , सिर्जना सायँजु, विवेकशीलका सांसद रमेश पौड्याल, राप्रपा संयुक्तकी सांसद रिना गुरुङले गरेका खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि मन्त्री ढुङ्गेलले ३ नम्बर प्रदेशको आर्थिक वर्ष २०७६/०७७को विनियोजन विधेयक र राजश्व र व्ययको अनुमान पारित गने प्रस्ताव गरेका थिए। 

    बजेट पास हुनुअघि विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको विभागीय मन्त्रीले जवाफ दिएका थिए।

    विवेकशील संसदमा बसेन

    विनियोजन विधेयक र राजश्व र व्ययको अनुमानको निर्णायर्थ पेश गर्न केहि बेरअघि विवेकशील नेपाली दलका सांसद रमेश पौड्याल संसदबाट निस्किेर हिँडेका हुन्। उनले प्रस्ताव गरेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत हुनेबित्तिकै संसदबाट बाहिरिएका हुन्।  तत्कालीन विवेकशील साझा पार्टी फुटेर हाल विवेकशील नेपाली दल उक्त पार्टीको दुई जनाले प्रदेशसभामा प्रतिनिधित्व गर्छन्।

    यस्तै ३ नम्बर प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विधेयक माथिको छलफल सुरु भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]