अर्थ

बैंकलाई जोडी खोज्‍न एक साताको समय

असार १२, २०७६

    काठमाडौं : नेपाल राष्ट्र बैंकले ठूला बैंकहरूलाई मर्जरको लागि दबाब सिर्जना गर्ने भएको छ। केही दिनअघि सार्वजनिक कार्यक्रममा गभर्नर डा, चिरञ्जीवी नेपालले बैंकहरूलाई मौद्रिक नीति आउनभन्दा अगाडि मर्जर हुने संस्थासँग लभ गर्नको लागि आग्रह गरेका थिए। गभर्नर नेपालले बिहीबार पुन: २८ बैंकका अध्यक्ष र सिइओलाई बोलाएर पार्टनर खोज्नको लागि आग्रह गरेका हुन्। 

    छलफलमा गभर्नर नेपालले अहिलेको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्न मर्जरमा जानुपर्ने अवस्था आएको बताएका थिए। राष्ट्र बैंकले अबको एक साताभित्र कुन संस्थासँग मर्ज गर्ने हो त्यसको विषयमा जानकारी गराउनको लागि समेत आग्रह गरेको छ। 

    खराब कर्जा  बढ्न थालेको, सिसिडी पालना नभएको, स्प्रेड दर कायम नगरेको जस्ता समस्या बैंकमा देखिन थालेका छन्। यसअघि राष्ट्र बैंकले बैंकहरूको पुँजी वृद्धि गर्ने योजना अघि सार्दा सरकार र राष्ट्र बैंकको समेत दूरी बढेको थियो। वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले समेत पुँजी वृद्धि योजनाले नकारात्मक प्रभाव पारेको टिप्पणी गरकेा थिए। अहिले सरकार र राष्ट्र बैंक दुवैले मर्जरलाई प्राथमिकता दिएका छन्। 

    राष्ट्र बैंकले मर्जरको लागि नै पुँजी वृद्धिको योजना अघि सारे पनि वाणिज्य बैंकको संख्या घट्न नसकेपछि मर्जरको लागि दबाब दिन थालेको हो। असार अन्तिममा आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने नेपाल राष्ट्र बैंकको तयारी छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]