समाज

दाङमा अफिमसहित दुई जना पक्राउ

असार १२, २०७६

    दाङ : दाङमा साढे २ किलो अफिमसहित दुई ब्यक्ति पक्राउ परेका छन्।

    प्रदेश ५ प्रहरी कार्यालयको विशेष ब्यूरो र जिल्ला प्रहरी कार्यालय दाङको सक्रियतामा उक्त परिमाणको आगुऔषध अफिमसहित रोल्पा माडी गाउँपालिका २ घर भई हाल घोराही उपमहानगरपालिका १४ पुरानो वसपार्क बस्ने ३० वर्षीय नरेश बुढा र घोराही उपमहानगरपालिका ११ बस्ने २१ बर्षीय शुकलाल विकलाई पक्राउ गरिएको हो।

    उनीहरूलाई बिहीबार बिहान १ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोदबिक्रम शाहले बताए। शाहका अनुसार घोराही उपमहानगरपालिका १४ पुरानो बसपार्कस्थित सार्बजनिक सडक खण्डमा अफिम लुकाएको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरूले लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणाको अफिम भेटिएको हो।

    उक्त अफिमलाई प्रहरीले बरामद गरेको छ। साथै पक्राउ परेका दुवैजनालाई लागुऔषध ऐन २०३३ परिच्छेद ३ दफा २२९ ग बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]