काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
काठमाडौं : बलिउडको प्रतिष्ठित इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) अवार्ड समारोह नेपालमा हुने भएको छ। असार ३ मा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा आइफा अवार्ड नेपालमै गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन तथा पर्यटन प्रवर्द्धन गर्न आइफा अवार्ड–२०१९ नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।
नेपालमा यो अवार्ड समारोह हुने नहुने अनिश्चितताबीच मन्त्रिपरिषद्ले अवार्ड समारोहबारे निर्णय लिएको हो । असार ३ गते बसेको मन्त्रिपरिषद् बैठकले अवार्ड वितरण कार्यक्रम नेपालमै गर्ने गरी निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
यसअघि आइफा अवार्ड समारोह युरोप, अमेरिका र दुवईसहितका ठुला सहरमा हुने गरेको थियो । आइफा अवार्ड समारोह सफल बनाउने जिम्मेवारी नेपाल पर्यटन बोर्डलाई दिइने भएको छ।
बलिउडको ठुलो अवार्डमा वितरण समारोहमा भारतबाट मात्रै ६ सय भन्दा धेरै प्रतिष्ठित कलाकारहरु आउनेछन्। आइफा अवार्ड आयोजक कमिटी संयोजनको जिम्मेवारी पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई दिइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।