राजनीति

मन्त्री बाँस्कोटाले भने : मेरो अभिव्यक्ति कहाँ निशाना पर्छ भनेर, काटेर हालियो (भिडियो)

असार १२, २०७६

    काठमाडौं : आफूले बोलेका कुरालाई संचारमाध्यमले बंग्याएर प्रस्तुत गरिएको भन्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले असन्तुष्टि जनाएका छन्।

    नेपाल सरकार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले आफ्ना भनाइ बंग्याएर प्रस्तुत नगर्न आग्रह गरे। 'मैले भनेका कुराको भिडियो टुक्राटुक्रा पारेर, कहाँनेरको राख्दा फाइदा हुन्छ भ्याट भ्याट काटेर, यहाँनेर काटेर राख्दा यसको चाहीँ अलिकति निशाना पर्छ भन्ने भएदेखि ट्याक्क काट्यो हालिदियो', त्यसरी राख्दाको नकरात्मक प्रभावबारे उनले थपे, 'पहिलोचोटी हेर्नेले त त्यै हेर्छ कस्तो फटा कस्तो झुट भन्छन्। आफूले झुट गरेको छ, अरुलाई बेइमान बनाउछन्। यसबाट मुक्त बन्नुस् है साथीहरू!'

    मन्त्री बाँस्कोटाले गुठी विधेयकबारेको आफ्नो अभिव्यक्तिलाई बंग्याएर राखिएको भन्दै असन्तुष्टि पोखेका हुन्। उनले गुठी विधेयकले सामन्तवाद अन्त्य गर्ने अभिव्यक्ति दिएको भनेर प्रचार गरिएको थियो।

    मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद पुनर्गठनको अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलमा रहेको बताएका छन्। उनले आफू मन्त्रिपरिषद पुनर्गठनका लागि आधिकारीक व्यक्ति नभएको र त्यसको प्रवक्ता पनि नभएको बताए। उनले यो विषयमा सबै कुरा प्रधानमन्त्री ओलीलाई थाहा हुने बताए।

    नेकपा ठूलो पार्टी भएको र धेरै नेता भएकाले मन्त्रिपरिषद पुनर्गठन हुन र नहुन सक्ने बताए। उनले सूचना खपतका लागि यस्तो मन्त्रिपरिषद पुनर्गठनको समाचार आएको बताए। जसले जति लेखे पनि वा नलेखे पनि यो सबै गर्ने कुरा प्रधानमन्त्रीमा रहने बताए।

    मन्त्री बाँस्कोटाले मन्त्री कतिजना फेरिन्छ भनेर  संचार माध्यामले समाचार बनाउनु बेकार हुने बताए।

    उनले क्लिन फिड लागू गरेरै छाड्ने दृढता व्यक्त गरेका थिए। संचार माध्यामहरूलाई सबल बनाउने गरी ल्याइएको उक्त व्यवस्था संसदबाट पारित गरिने उनको दाबी थियो।

    भिडियो :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]