पछिल्लो १० वर्षमा ३६ हजार आप्रवासीले डुबेर ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ। भएको बताएको छ। १० वर्षमा डुबेर मृत्यु हुने आप्रवासीक...
विश्वप्रख्यात चिनियाँ कम्पनी हुवावेको विश्वभर ८७ हजार ८०५ आविस्कारमाथि 'पेटेन्ट राइट्स' रहेको उक्त कम्पनीले बिहीबार दावी गरेको छ।
यसमध्ये कुल ११ हजार १५२ अमेरिकी आविस्कारमा पनि हुवावेको पेटेन्ट राइट्स रहेको र यो अमेरिकी अधिकारीद्वारा अधिकार पत्र (लाइसेन्स) दिइएको कम्पनीले बताएको छ।
बौद्धिक सम्पत्ती भनेर चिनिने उक्त अधिकारबापत उसले सन् २०१८ को अन्त्यसम्ममा आफ्नो बार्षिक आम्दानीको १० देखि १५ प्रतिशतसम्म खर्च अनुसन्धान तथा विकासका लागि खर्चिने गरेको बताएको छ ।
सेनजेनमास्थित कम्पनीको मुख्यालयले सन् २०१८ मा प्रबिधिमा पछिल्लो पुस्ताको फाइभ–जी नेटवर्कका लागि मात्रै दुई अर्ब अमेरिकी डलर लगानी रहेको जनाएको छ।
फाइभ–जीका लागि अन्य सबै प्रमुख उत्पादक कम्पनीले अमेरिका र यूरोपमा गरेको खर्चभन्दा हुवावेले गरेको यो लगानी अत्यधिक बढी रहेको पनि कम्पनीको दावी छ ।
'हुवावेले अन्य कम्पनीहरूको इनटर्नेट प्रोटोकल (आइपी) लाई सञ्चालन गर्नका लागि विगत ३० वर्षमा छ अर्ब अमेरिकी डलरभन्दा बढी राजस्व तिरेको र यसको झण्डै ८० प्रतिशत हिस्सा अमेरिकी कम्पनी तथा फर्मका लागि गएको छ,' हुवावे कम्पनीका प्रमुख कानून अधिकृत सोङ लिउपिङले बताए।
सोङले भने, 'बौद्धिक सम्पत्तीको सम्मान र सुरक्षा गर्ने बिषय हुवावेको प्रमुख सिद्धान्त र आधार भएकाले उसले व्यवसायिक सफलता पाएको तर यसलाई विभिन्न क्षेत्र (खासगरी अमेरिका)बाट आइपी विवादका रूपमा राजनीतिकरण गर्न खोजेको देखिन्छ।'
'विगत ३० बर्षमा विश्वको कुनै पनि अदालतले हुवावेले गलत उद्देश्य राखी आइपी चोरी गरेको ठहर गरेको छैन,' सोङले भने 'कुनै पनि कम्पनीले अरूको आविस्कार चोरेर विश्वलाई नेतृत्व गर्न सक्दैन।'
हुवावे दुवै तहबाट आइपी विवादमा रहेको स्वीकार गर्दै कम्पनीका प्रमुख कानून अधिकृत सोङले भने, 'यो अन्तर्राष्ट्रिय व्यापारमा सामान्य हो र यसलाई कानूनी प्रक्रियाबाट समाधान गर्नुपर्छ।'
सोङका अनुसार हुवावे विश्वकै उच्च सफल प्रविधि कम्पनी बन्न सफल भएको छ। यो कम्पनीले अनुसन्धान तथा विकासमा लामो समयदेखि गरेको उच्च लगानीको प्रतिफल हो।
सन् २०१८ मा यस चिनियाँ प्रविधि कम्पनीले प्रविधिको अनुसन्धान र विकासका क्षेत्रमा १५ अर्ब अमेरिकी डलर खर्चेको छ, जसले उसलाई विश्वको पाँचौँ ठूलो प्रबिधि कम्पनीका रूपमा स्थापित गर्न सफल भएको छ।
सोङले सम्मेलनमा भने, 'अहिलेको अवस्थामा हुवावेका ८० हजारभन्दा बढी अनुसन्धान तथा विकासका लागि काम गर्ने इन्जिनियरहरू रहेका छन्। उनीहरूले मन र मस्तिष्क लगाएर हामीले निर्माण गरेको प्राविधिक आविस्कारको विकासमा देन पुर्याउने गरेका छन्।'
सोङले थपे, 'हुवावेले बौद्धिक सम्पत्ती अधिकार संरक्षण प्रणालीका लागि पूर्णतया सहयोग गरिरहेको छ र गर्नेछ। हुवावेले बौद्धिक सम्पत्तीलाई हतियारका रूपमा प्रयोग गर्ने छैन। हुवावेको बौद्धिक सम्पत्ती नीति आक्रामक नभै रक्षात्मक रहने छ।'
हुवावेको पेटेन्ट अधिकारमा अत्यधिक फोर–जी र फाइभ–जी प्रविधिका महत्वपूर्ण अविस्कारमाथिको अधिकार रहेका छन्। कम्पनीले विश्व बजारमा आफ्नो प्रविधिसँग सहकार्य गर्न चाहने कुनै समूह तथा कम्पनीसँग आदानप्रदान गर्न इच्छुक छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।