काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाले नीति कार्यक्रममा सबै वडाहरूमा हेलिप्याड बनाउने उल्लेख गरेको छ। असार १० गतेको पाँचौ गाउँ सभाले पास गरेको नीति तथा कार्यक्रममा सबै वडामा हेलिप्याड बनाउने र आवश्यक बजेट छुट्याउने भनिएको छ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार दुर्गम गाउँपालिका भएकोले आकस्मिक उद्दार र राहतका लागि हेलिप्याड आवश्यक रहेकोले नीति तथा कार्यक्रममा उल्लेख गरेको बताए। हेलिप्याडको लागि आवश्यक बजेट छुट्याउन विषयगत समितिहरूसँग र प्राविधिकहरूसँग छलफल गर्ने समेत मल्लले प्रष्ट पारेका छन्।
९ वडामा विभाजित राक्सिराङ गाउँपालिका २२६.७ वर्ग किलोमिटरको रहेको छ। उक्त गाउँपालिकामा २६ हजार जनसंख्या छन्। अल्पसंख्यक चेपाङ र आदिवासी जनजातिको बाहुल्य रहेको उक्त गाउँपालिकाले ४५ करोड ९ लाख ७६ हजारको बजेट ल्याएको छ। जसमध्ये पुँजीगत तर्फ १७ करोड ७८ लाख ३२ हजार र चालु, प्रशासनिक लक्षित एवं प्रवर्द्धनात्मक कार्यक्रमतर्फ २३ करोड ८९ लाख २९ हजार रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।