राजनीति

जापानी राजदूतद्वारा कृषि विश्वविद्यालयको अवलोकन

असार १२, २०७६

    चितवन : नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले चितवनमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयको बिहीबार अवलोकन गरेका छन्। कृषि तथा वनविज्ञान विश्वविद्यालयकी डिन प्राडा. शारदा थपलियाको संयोजनमा रामपुर आएका राजदूत मासामिचिले विश्वविद्यालयका प्रयोगशाला, पशु फार्म, वीउ उत्पादन कार्यक्रमको अवलोकन गरेका हुन्। 

    अवलोकनपश्चात् विश्वविद्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा. इश्वरीप्रसाद ढकाल, रजिष्ट्रार प्राडा. मनराज कोलाक्षपति, योजना निर्देशक प्राडा. अर्जुन श्रेष्ठ, डिन प्राडा. शारदा थपलियाले विश्वविद्यालयमा भइरहेका शैक्षिक, अनुसन्धान तथा प्रसारप्रसारका बारेमा जानकारी गराए।

    भैँसीमा बेमौसमी समयमा गराइएको गर्भधारणको सफल परीक्षणका बारेमा प्राडा. भूमिनन्दन देवकोटाले राजदूत साइगोलाई जानकारी गराएका थिए।

    राजदूत साइगोले दुई देशका विश्वविद्यालय बीच अझै प्रगाढ सम्बन्ध  बिस्तार गर्दै विज्ञान र प्रविधिको आदानप्रादन गरिने बताए। कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर र जापानका चारबाट विश्वविद्यालय बीच एमओयू गरिएको छ।

    कृषि तथा वनविज्ञान विश्वविद्यालयले जापानको यामागुची विश्वविद्यालय, टोकियो युनिर्भसिटी एग्री एण्ड टेक्नोलोजी, टोकियो एग्रीकल्चर युनिर्भसिटी र गिफु युनिर्भसिटीसँग सम्झौता गरी विद्यार्थी शिक्षक आदानप्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]