छापा

एसइई परीक्षाः खस्किए सामुदायिक विद्यालय

असार १३, २०७६

    भक्तपुर : २०७५ सालको एसइईको नतिजा बिहीबार सार्वजनिक गरिएको छ। गत चैतमा सञ्चालित परीक्षामा चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए। तीमध्ये तीन लाख २५ हजार तीन सय ३० (७०.८४ प्रतिशत) सामुदायिक र एक लाख ३३ हजार नौ सय ४५ (२९.१६ प्रतिशत) निजी विद्यालयका छन्।

    नतिजाअनुसार १७ हजार पाँच सय ८० विद्यार्थीले ए प्लस ग्रेड अंक ल्याएका छन्। तीमध्ये सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ परीक्षार्थीले ए प्लस ल्याएका छन्। जुन १५.८८ प्रतिशत मात्रै हो। निजी विद्यालयका ८४.१२ प्रतिशत अर्थात् १४ हजार सात सय ८८ जना परीक्षार्थीले ए प्लस ल्याएका छन्।

    त्यस्तै ए ग्रेड ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी पनि संस्थागत एवं निजी विद्यालयको तुलनामा न्यून छन्। कुल ५१ हजार एक सय ३७ ए ग्रेड ल्याउने परीक्षार्थीमध्ये सामुदायिक विद्यालयका ११ हजार दुई सय २३ अर्थात् २१.९४ प्रतिशत छ। जुन ए प्लस ग्रेडभन्दा ६ प्रतिशत बढी हो। निजी एवं संस्थागत विद्यालयका ७८.०६ प्रतिशत अर्थात् ३९ हजार नौ सय १४ जना परीक्षार्थीले ए ग्रेड ल्याएका समाचार अन्नपूर्णपोस्ट दैनिकममा छ।

    बी प्लस ग्रेड ल्याउने परीक्षार्थीतर्फ पनि सामुदायिकलाई निजीले उछिनेको छ। कुल ६३ हजार सात सय ४१ परीक्षार्थीको बी प्लस छ। सामुदायिकका ४१.३६ प्रतिशत अर्थात् २६ हजार तीन सय ६६ परीक्षार्थीले बी प्लस ल्याएका छन्। निजी विद्यालयका ५८.६४ प्रतिशत अर्थात् ३७ हजार तीन सय ७५ जनाले बी प्लस ग्रेड ल्याए।

    बी, सी प्लस, सी, डी प्लस र डी ग्रेड आउने परीक्षार्थीमा सामुदायिक विद्यालयका विद्यार्थी बढी छन्। बीमा ७६ हजार पाँच सय ६४, सी प्लसमा ९८ हजार दुई सय सात, सीमा ९५ हजार तीन सय सात, डी प्लसमा ४३ हजार आठ सय ४१ र डीमा चार हजार चार सय २९ जना छन्।

    सामुदायिकबाट बी ग्रेडमा ५३ हजार सात सय ३०, सी प्लस ग्रेडमा ८७ हजार चार सय ४२, सी ग्रेडमा ९० हजार चार सय ४५, डी प्लसमा ४२ हजार तीन सय ६३ र डी ग्रेडमा चार हजार दुई सय ९६ जना परीक्षार्थी छन्।

    निजी विद्यालयतर्फ बी ग्रेडमा २२ हजार आठ सय ३४, सी प्लस ग्रेडमा १० हजार सात सय ६५, सी ग्रेडमा चार हजार आठ सय ६२, डी प्लसमा एक हजार चार सय ७८ र डी ग्रेडमा एक सय ३३ परीक्षार्थी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]