समाज

पूर्वमुख्यसचिव मल्लको निधन

असार १३, २०७६

    काठमाडौं : पूर्वमुख्यसचिव बलरामसिंह मल्लको ७८ वर्षको उमेरमा निधन भएको छ। मिर्गौलाको क्यान्सरबाट पीडित उनको बिहीबार  मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको परिवारले जनाएका छन्। 

    वीरगञ्जमा जन्मिएका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मिर्गौला फालिएको थियो। विसं २०४८ मा नेपाल सरकारको सचिवमा नियुक्त मल्ल २०५३ देखि २०५६ सालसम्म मुख्यसचिव थिए।

    त्यसअघि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय र कानून मन्त्रालयको सचिव भएर काम गरेका थिए । उनी जर्मनीका लागि नेपाली राजदूतसमेत भएका थिए। मल्लको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। मल्लक श्रीमती जमुना मल्ल, एक छोरा र तीन छोरी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]