छापा

झार उखेल्दै, बजेट सिध्याउँदै

असार १३, २०७६

    पोखरा : बेरोजगारलाई रोजगार बनाउन सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन सकेको छैन। कार्यक्र कतै अलपत्र छ भने कतै पैसामात्र सक्ने मेसो बनेको छ।

    कान्तिपुर दैनिकमा समाचार छ, झिनामसिना योजना छानेर कार्यक्रमले ‘असारे’ विकासको झल्को दिएको छ। सरकारले नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्न भन्दै फागुन १ मा कार्यक्रम उद्घाटन गरेको थियो।

    म्याग्दीको बेनी नगरपालिकामा नगरप्रमुख र कार्यपालिका सदस्यबीच दुई महिनादेखि बैठक बस्न नसक्दा कार्यक्रमको ४७ लाख रुपैयाँ कार्यान्वयनका लागि स्वीकृत भएको छैन। धौलागिरी गाउँपालिकामा खटाइएका रोजगार संयोजक कार्यस्थल नपुग्दा काम अघि बढेको छैन गाउँपालिकाले केही रकमले ग्याबिन जाली, सिमेन्टसमेतका निर्माण सामग्री खरिद गरेर राखेको छ। रोजगार संयोजक कृष्ण गुरुङले काम छाडेपछि अन्नपूर्ण गाउँपालिकामा पनि कार्यक्रम अलपत्र परकेो छ।

    मालिका र रघुगंगा गाउँपालिकाले काम सुरु गरेका छन्। गोरखाका स्थानीय तहका विभन्न वडामा पहेँला कपडा लगाएर झिनामसिना काममा खटिएका देखिएका छन्। बिहीबार गोरखा नगरपालिका ६ रानीपोखरी परिसरमा रोजगारी पाएकाहरू झार उखेल्दै थिए। स्थानीय भने साउनमा फेरि झार उम्रिने भएकाले निरर्थक काममा समय व्यतित भएको भन्दै थिए। गोरखा नगरपालिकामा आइतबार कार्यक्रम सुरु भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]