समाज

मुख्यमन्त्रीले शिलान्यास गरेको वन विज्ञानको भवन निर्माण त्रिविले रोक्यो

असार १३, २०७६

    चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) र त्रिभूवन विश्वविद्यालय (त्रिवि) बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ।

    यही असार ९ गते एएफयूले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो। भवनको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए।  एएफयूका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले दुई विश्वविद्यालयबीच भएको सहमतिअनुरुपको जग्गामा भवन निर्माण गरिएकोमा त्रिविले रोकेको बताए। उनले दुई विश्वविद्यालयका रजिष्ट्रारसहितको टोलीले दिएको प्रतिवेदन र त्रिविको सिनेटमा समेत बाटोछेउको जमीन एएफयुलाई दिने भनी गरिएको निर्णयअनुसार सोही ठाउँमा भवन निर्माण थालिएको जानकारी दिए।

    उनका अनुसार मन्त्रिपरिषद्ले रामपुरको तीन सय ३८ विघा जमीनमध्ये ४० विघा १९ कठ्ठा त्रिविलाई इञ्जिनियरीङ कलेज निर्माण गर्न दिने र हेटौँडाको एक सय ५८ विघा जमीनमध्ये ६० विगाहा एएफयूलाई दिने निर्णय भएको थियो। रामपुरमा त्रिविलाई भवन निर्माण गर्न रु १५ करोड र हेटौँडामा एएफयूलाई भवन निर्माण गर्न सोही बराबरको रकम दिने निर्णय भएको ढकालले बताए। दुई विश्व्विद्यालयबीच रामपुरमा त्रिविलाई र हेटौँडामा एएफयूलाई बाटो छेउमा जमीन दिने सहमति भएको ढकालको भनाइ छ। 

    तर त्रिविका उपकुलपति प्राडा तिर्थ खनियाले हेटौँडामा एएफयूलाई बाटो छेउमा नभएर बाटो दिएर भित्र जमीन दिने निर्णय भएको भए पनि एएफयूले त्रिविको जमीनमा भवन बनाउन सुरु गरेका कारण काम रोकिएको बताउनुभयो । त्रिवि सरकारको र सिनेटको निर्णय मान्न तयार रहेको भन्दै उनले एएफयूले सहमतिअनुसार भवन निर्माण गर्नुपर्ने बताए। सो स्थानमा एएफयूले नौ करोड ८८ लाखमा शैक्षिक भवन निर्माणको काम सुरु गरेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]