समाज

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

असार १३, २०७६

    काठमाडौं : रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिएकाहरुको नतिजा सार्वजनिक भएको छ। 

    इपीएस कोरियाले गएराति नतिजा सार्वजनिक गरेको हो। इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्। नेपालमा भने बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए।

    भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो। परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए। आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]