स्वास्थ्य

निःशुल्क आँखा शिविरबाट दुई हजार लाभान्वित

असार १३, २०७६

    बैतडी : बैतडीका विभिन्न स्थानमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्। जिल्ला अस्पताल बैतडी, गाँजरी, कुँलाउ, श्रीकोट र पाटनमा सम्पन्न शिविरबाट दुई हजार ३८६ जनाले सेवा लिएका हुन्। जसमध्ये ३०८ जनाको आँखाको शल्यक्रिया गरिएकोे छ। 

    जिल्ला अस्पताल बैतडी भएको दुई दिने शिविर बिहीवार सम्पन्न भएको छ। उक्त शिविरमा ४१५ जनाले सेवा लिएका थिए। जसमा ७३ जनाको आँँखाको शल्यक्रिया गरिएको गेटा आँँखा अस्पताल कैलालीका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए। 

    यसअघि गाँजरीमा सम्पन्न आँखा शिविरमा ४८ जनाको शल्यक्रियासहित ४५० जनाको आँखाको उपचार गरिएको छ। यस्तै, कुँलाउमा ३८ को शल्यक्रियासहित ३६० जना, श्रीकोटमा ८९ को शल्यक्रियासहित ७११ जना र पाटनमा सम्पन्न शिविरमा ६० जनाको शल्यक्रियासहित ४५० जनाको आँखाको उपचार गरिएको जनाएको छ।

    गाउँमै शिविरमार्फत आँखाका शल्यक्रिया गर्न पाउँदा निकै खुसी लागेको दशरथचन्द नगरपालिका–३ का ८० वर्षीया खण्डी ओडले बताइन्। शिविरमा नेत्रविशेषज्ञ तथा गेटा आँखा अस्पतालका निर्देशक डा. सुरेशराज पन्तले आँखाको शल्यक्रिया गरेका थिए। 

    गेटा आँखा अस्पताल कैलालीको आयोजनामा सञ्चालन भएको शिविरमा नेपाल नेत्रज्योति संघ र नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको संयोजन रहेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]