काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न खेलमा च...
ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।
आज विहान भएको खेलमा पाराग्वेलाई टाइब्रेकरमा हराउँदै ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट गरिएको हो। खेलको निर्धारित ९० मिनेट र अतिरिक्त आधा घण्टाको समयमा पनि गोल हुन नसकेपछि खेल टाई ब्रकेरमा पुगेको थियो।
घरेलु टोली ब्राजिल टाईब्रेकरमा ४–३ ले विजयी भयो। ब्राजिलका लागि विलियन, मार्कीनोज, कौटिन्हो र जिससले गोल गर्दा फर्मीनोको प्रहार चुक्यो। पाराग्वेका गुस्ताभो गोमेज र डेर्लीस गोन्जालेजको प्रहार बिफल भयो। कोपा अमेरिका फुटबलमा भोलि दुई खेल हुनेछन्। राति पौने १ बजे भेनेजुएला र अर्जेन्टिना भिड्दा बिहान पौने ५ बजे कोलम्बियाले चिलिसँग खेल्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।