काठमाडौं : बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका ...
कार्यालय प्रमुख घाइते
जाजरकोट : डोल्पास्थित शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कर्मचारीबीच झडप हुँदा कार्यालय प्रमुख घाइते भएका छन्। आक्रमणमा संलग्न भएको भन्दै सात जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यार्सागुम्बा संकलनकर्ताबाट राजस्व उठाएर सुलिगाड कार्यालयमा फर्किएका सात कर्मचारीले सुलिगाडस्थित कार्यालय प्रमुख प्रमोदकुमार यादवलगायत चार जनामाथि आक्रमण गरेको आरोप लागेको छ ।
असार ८ गते बिहान सेनाको सुरक्षासहित निकुञ्जको पोष्टबाट आएका सात कर्मचारीले कार्यालय प्रमुख प्रमोदकुमार यादवलाई दुनैस्थित बैंकमा रकम जम्मा गर्न अनुमति मागेका थिए। कार्यालय प्रमुख यादवले पुरै हिसाब नहेरी जम्मा नगर्न भनेपछि विवाद भएको थियो ।
कर्मचारीहरू देवेन्द्र जिसी, मनिकृष्ण पाण्डे, हरि रावल, डिल्ली सुनार , महेश्वर रावल, खगेन्द्र भण्डारी र प्रकाश बुढाले बेलुकी मदिरा सेवन गरी अपशब्द बोल्दै कार्यालय प्रमुख यादव माथि हातपात गरेको प्रमुख सूचना अधिकारी छत्र खड्काले बताए। खड्काका अनुसार यादवसँगै रहेका गोपाल खनाल, छत्र खड्का र अरुण चौधरीमाथि पनि आक्रमण भएको थियो।
प्रहरीको नियन्त्रणमा रहेका कर्मचारीले भने कार्यालय प्रमुखले सेना लगाएर आफूहरूलाई कुटपिट गरेको आरोप लगाएका छन्। पक्राउ परेकामध्ये दुई जनालाई आर्थिक अनियमितताको आरोपमा पटकपटक जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण लिएकोे निकुञ्जले बताएको छ। पक्राउ परेका कर्मचारीलाई छुटाउनका लागि आधिकारिक टेड युनियनले ज्ञापनपत्र बुझाएको छ।
कार्यालय प्रमुखको निर्देशनविपरीत कर्मचारीले निकुञ्जमा उठाएको ७० लाख रुपैयाँ बैंकमा जम्मा गरिसकेको पाइएको छ। यार्सागुम्बाबाट यो वर्ष डोल्पामा तीन करोड राजस्व संकलन भइसकेकोे प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।