समाज

भद्रकालीमा युवतीलाई यातना दिने 'धर्तीमाता' पक्राउ परिन्

असार १३, २०७६

    काठमाडौं : केही दिनअघि राजधानीको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने ‘धर्तीमाता’ नामकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी परिसरको टोलीले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेर हिरासतमा लिएको हो ।

    महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण बज्राचार्यले ती महिलालाई पक्राउ गरिएको पुष्टि गरिन्। उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।

    एसएसपी बज्राचार्यले यसअघि युवतीहरुमाथि काँटीले घोचेको अभियोगमा पक्राउ परेका सन्तोष कार्की र यी महिलालाई शुक्रबारै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जानकारी दिइन्। 

    धर्तीमाताले कयौँ मानिसको भीडको बीचमै एक युवतीलाई भूत लागेको भन्दै यातना दिएकी थिइन्। उनले यातना दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

    आफूलाई धर्तीमाता भनेर चिनाउने बुटवलकी विष्णु कुँवरलाई प्रहरीले यसअघि नै हाजिर हुन भनेको थियो। तर उनी उपस्थित नभएपछि प्रहरीलले खोजी थालेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]