समाज

समयावधिअघि नै स्वास्थ्य चौकी भवन निर्माण

असार १३, २०७६

    डडेल्धुरा : सरकारी आयोजनाहरु निर्धारित समयावधिभन्दा ढिलो काम हुने गरेको गुनासो जताजतै सुनिन्छ । सानोदेखि ठूलो आयोजनाहरुमा यो समस्या छ। तर, नवदुर्गा गाउँपालिकामा एक स्वास्थ्य चौकीको भनव अवधिभन्दा चार महिनाअघि नै निर्माण सम्पन्न भएको छ।

    नवदुर्गा गाउँपालिका–१ कोटेलीमा रहेको स्वास्थ्य चौकीको भवन निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न भएको छ। सम्झौताको मितिभन्दा चार महिनाअघि नै निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीको निर्माण सम्झौताअनसार केएस चाँदनी र अंशु जेबी कम्पनीसँग भएको थियो। एक करोड ८२ लाख छ हजार रुपैयाँ लागतमा भवन निर्माण गरिएको कम्पनीका सञ्चालक इञ्जिनियर तेजबहादुर ऐरले जानकारी दिए।

    २०७६ असोज २४ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार नै भवन निर्माणको सबै काम सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण भएको स्वास्थ्य चौकी इन्चार्ज खगेन्द्र भट्टले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]