स्वास्थ्य

सप्तरीको सप्तकोसी नगरपालिकामा देखियो डेंगु

असार १३, २०७६

    सप्तरी : सप्तकोसी नगरपालिकामा पनि डेंगु सङ्क्रमण देखिएको छ। वडा नम्बर २ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेंगुको सङ्क्रमण देखिएको हो।

    निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेंगुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए। उनकी दिदी धरानमा बसोबास गर्ने भएकाले उतैबाट सङ्क्रमण आएको हुनसक्ने आशङ्का गरिएको छ। 

    यसअघि असार ४ मा कञ्चनरूप नगरपालिका–६ जमुवाका २७ वर्षीय रमाकान्त चौधरीमा डेंगु रोगको सङ्क्रमण देखिएको थियो। उनका दाजु ३२ वर्षीय देवकान्त चौधरी डेंगु रोगले सङ्क्रमित भई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका बेला घर फर्किएका रमाकान्तको परीक्षण गर्दा रमाकान्तमा समेत सङ्क्रमण फेला परेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले जानकारी दिए। दुवै दाजुभाइ धरानमा फलामको ग्रिल बनाउने मजदुर हुन्। रमाकान्तको असार ५ देखि कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। 

    डेंगुको सङ्क्रमण फेला परेपछि कञ्चनरुप र सप्तकोसी दुवै नगरपालिकामा उच्च सतर्कता अपनाइएको छ। कञ्चनरुप नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले विभिन्न वडामा गई ज्वरो आएका ३१ बिरामीको रगत परीक्षण गरेको छ। डेंगु रोग फैलिन नदिन नगरपालिकाले जनचेतनामुलक कार्यक्रम सुरु गरेको जनाएको छ। 

    स्थानीय एफएम रेडियोबाट सचेतनामुलक सन्देश प्रसारण, घर वरिपरि सरसफाइ, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र पानी जमिरहने ठाउँमा मट्टितेल छर्केर लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले बताए। नगरपालिकाले डेगु रोग, यसका लक्षण र बच्ने उपायका विषयमा जानकारी दिन स्वयंसेविका परिचालन गरेको छ।

    कञ्चनरुप नगरपालिकासँग डेंगु परीक्षण गर्ने किट सकिएको जानकारी दिँर्दै स्वास्थ्य शाखा संयोजक गुप्ताले इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँ टेकुमा किटको माग गरिएको जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]