समाज

युवतीमाथि 'सिरिन्‍ज' हान्‍ने म नै हुँ : सन्तोष कार्की

असार १३, २०७६

    काठमाडौं : नेपाल प्रहरीले  काठमाडौँ उपत्यकामा युवतीहरूमाथि शृङ्खलाबद्ध तिखो वस्तुले आक्रमणमा गर्ने युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ।  

    महाराजगञ्जबाट बिहीबार राति पक्राउ गरिएका  ३० वर्षीय सन्तोष कार्की रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनलाई सादा पोशाकको टोलीले पक्राउ गरेको थियो। कार्कीले आफूले आक्रमण गरेकाे स्वीकारेका महानगरीय प्रहरी परिसर टेकुमा भएको पत्रकार सम्मेलनमा उनले आफूले नै आक्रमण गरेकाे स्वीकारेका हुन्। त्यस्तै सबै घटना आफैले घटाएको  प्रहरीले जनाएको छ।

    किन र के कारणले आक्रमण गरे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको परिसर प्रमुख उत्तम सुवेदीले जानकारी दिए। 

    युवतीमाथि शृंखलाबद्ध ‘सिरिञ्ज’ आक्रमणमा संलग्न युवक पक्राउ

     केही सातायता सिरिञ्ज जस्तो तिखो र धारिलो वस्तुले युवतीहरुको शरीरको तल्लो भागमा आक्रमण गर्ने क्रम बढेको छ।  काठमाडौंसँगै भक्तपुर र काभ्रेपलाञ्चोकमा पनि युवतीहरुमाथि धारिलो र तिखो वस्तुले आक्रमण भएको थियो। पछिल्लो पटक बनेपामा एक ३४ वर्षीया युवतीमाथि सिरिञ्जबाटै आक्रमण भएको प्रारम्भिक निचोड प्रहरीले निकालेको छ। काठमाडौं उपत्यकामा ५ वटा भन्दा धेरै आक्रमण भएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]