पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
काठमाडौं : राजधानी उपत्यकामा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएको छ। यो गिरोहले केही दिनयता मात्रै ३५ भन्दा धेरै मोटरसाइकल उपत्यकाका विभिन्न स्थानबाट चोरेर लगेको छ।
मोटरसाइकल चोरीको गुनासो बढ्दै गएपछि महानगरीय प्रहरी अपराध महाशाखाले सर्च अप्रेशन नै चलाएको छ। सर्च अप्रेशनका क्रममा राजधानीबाट गिरोहका सदस्यहरु पक्राउ परेका छन्।
अपराध महाशाखाका प्रमुख सएएसपी सहकुल थापा अनुसार यो गिरोहले विभिन्न ठाउँबाट आउने अर्डर अनुसार मोटरसाइकल चोरेर तिनका पाटपुर्जा पुर्याउने गरेको पाइएको छ।
मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि प्रहरीले विशेष केही महिनादेखि विशेष अप्रेशन नै चलाएको हो । प्रहरीको यो अप्रेसनले सातायता मोटरसाइकल चोरीका घटनामा कमी आएको दाबी पनि थापाले गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।