समाज

सिन्धुलीको गोलन्जोरमा विङ्गर गाडी पल्टियो, ११ जना घाइते

असार १३, २०७६

    सिन्धुली : बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिकामा यात्रुबाहक विङ्गग गाडी दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन्।

    सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज५३०१ नम्बरको विङ्गर गाडी गोलन्जोर गाउपालिका-५ छब्बीस किलोमा अनियन्त्रित भइ दुर्घटना भएको हो। 

    घाइते ११ मध्ये दुई जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। अरुको खुर्कोटको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

    गम्भीर घाइते कमलामाई नगरपालिका–४ का समुद्र श्रेष्ठकी ३४ वर्षीया श्रीमती सैलिना श्रेष्ठ र उनका ८ वर्षीय छोरा युवनलाई सिन्धुली अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

    दुर्घटनामा परी सिन्धुली कमलामाई नगरपालिका –३ बस्ने बर्ष २५ का नवराज बम्जन, कमलामाई नगरपालिकाको रानीखोला बस्ने ४० वर्षीया खिलमाया गुरुङ छातीमा चोट लागी गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले बताए। 

    गाडी चालक सिन्धुलीको कमलामाई नगरपालिका–७ गडौलीका करिब २६ वर्षीय प्रकाश श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्। 

बुद्ध नेपाली

नेपाली थाहा खबरका सिन्धुली समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]