स्वास्थ्य

वीरको छानविन समिति भन्छ- हानिकारक विकिरण चुहावट भएको छैन

असार १३, २०७६

    काठमाडौं  :  केही दिनअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालस्थित रेडियोलोजी विभागमा रहेको  सिटी स्क्यान मेसिनबाट मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने विकिरण अत्यधिक चुहिएपछि बिरामी र रेडियोलोजी विभागका कर्मचारी त्रसित भएका विकिरणले बिरामी र चिकित्सकको स्वास्थ्यमा गम्भीर असर गरेको भन्दै सत्यतथ्य पत्ता लगाउन अस्पतालले बनाएको छानबिन समितिको प्रतिवेदनले मानव स्वास्थ्यमा असर पर्नेगरी विकिरण चुवावट नभएको ठहर गरेको छ।

    अस्पतालमा कार्यरत वरिष्ठ रेडिएसन विशेषज्ञ चारजना विशेषज्ञ सम्मिलित समितिले अनुसन्धान गरी मानिसलाई असर गर्ने रेडिएसन नभएको रिपोर्ट आफूहरूलाई बुझाइएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए। उनले भने, ‘समितिले हामीलाई बुझाएको अध्ययन प्रतिवेदनमा मानव स्वास्थ्यमा हानि हुनेगरि विकिरण चुवावट नभएको रिपोट छ।'

    यस्तै निर्देशक डा सेन्चुरीले स्क्यानबाट मानिसलाई असर गर्ने रेडिएसन चुहावट नभएको प्रमाणित भएको बताए। उनले भने, ‘नास्टको रिर्पोटमा मेसिनले मेजर गरेको तथ्यांक मात्र थियो ‘त्यसको प्रोटेक्सन रिक्वायर्ड किन, कति चाहिन्छ,  सिटिबाट निस्कने कति डोज विकिरणले  मानिसलाई हानि गर्छ भन्ने कुरासमेत नास्टको रिर्पोटमा थिएन तर अहिले हामीले बनाएको समितिमा त्यो सबै छ।‘

    यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा रहेको सिटी स्क्यान कक्षमा विकिरण चुहावटको घटनालाई छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेर छुट्टै अनुसन्धान गरिरहेको छ। मन्त्रालयले डा‍‍ हेमन्त ओझाको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो। एक हप्ताभित्र समितिले मन्त्रालयलाई सो घटनाको प्रतिवेदेन बुझाउन निर्देशनसमेत दिएको छ।

    समितिमा स्वास्थ्य सेवा विभागकी बायोमेडिकल इन्जिनियर पद्मा मिश्र र पाटन अस्पतालका रेडियोलोजिष्ट सदस्य रहेका छन्। मन्त्रालयका उपसचिव बाबुराम खनाल भने समितिका सदस्य सचिव रहेका छन्। तर अनुसन्धानको प्रतिवेदन भने आइसकेको छैन।

    अस्पतालमा करिब सात महिनाअघि नयाँ सिटी स्क्यान मेसिन जडान गरिएको थियो। नयाँ सिटी राखिएको कक्षबाट विकिरण चुहुन पुग्दा कर्मचारीको स्वास्थ्यमासमेत प्रतिकूल पर्न थालेपछि त्रसितसहित कर्मचारीहरू नै बिरामी पर्न थालेपछि अहिले सिटिस्क्यान कक्ष बन्द गरिएको छ।

    अत्यधिक विकिरण चुवावट भएपछि हाल वीर अस्पतालमा रहेको सिटी स्क्यान कक्षमा कर्मचारीहरूले सेवा दिन बन्द गरेका छन्। टेक्निसियनले सिटी स्क्यान गर्दा लिड ग्लासबाट हेर्ने गर्छन्। त्यहाँबाट शून्य विकिरण आउनुपर्ने मापदण्ड छ। वीरमा अहिले विकिरण छेक्न सिसा प्रयोग गरिएको छ। तर, कोठाका ढोका खुल्ला राख्दा बाहिरसमेत विकिरण फैलिएको त्यहाँ कार्यरत कर्मचारीले बताएका छन्। त्यहाँबाट पनि ०.२१३ एमएसरभी  विकिरण चुहावट भएको पाइएको पाइएको थियो।

    अन्तर्राष्ट्रिय नियमानुसार तोकिएको भन्दा बढी विकिरण चुहावट गरेमा त्यो अपराध मानिन्छ। विकिरणलाई सुरुको अवस्थामा इपिलेसन भनिन्छ। विकिरण चुहावटले बाहिरी हातखुट्टाका रौंहरू झर्ने, कपाल झर्ने, शरीर दुख्ने, चिलाउने, छालामा रातो ससानो बिमिराजस्तो देखिने हुन्छ। छाला जल्ने, मोतीयाबिन्दु, रौँ खुइलिने, बाँझोपन हुने, आँखाको नानी गुम्ने, रगत क्यान्सर हुने र मृत्युसमेत हुन सक्दछ। यसले वंशाणुगत क्षमतामा पनि असर पार्ने अध्ययनहरूले देखाइसकेको छ। 

    यो पनि पढ्नुस् 

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]