काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर २ हजार ४१ दश...
जुम्ला : वेरोजगार युवा कृषि खेतीमा आकर्षित भएका छन्। रोजिरोटी गर्नका लाग विदेशिनु भन्दा आफैं उद्यम गरे पनि राम्रो मुनाफा लिन सकिने भन्दै जुम्लाका युवा कृषिमा आकर्षित हुन थालका हुन। त्यस्तै पातारासि गाउँपालिका ७ का विर्ष बुढाले २० हजार वर्गमिटर जग्गा मध्ये हाल ९ हजार वर्गमिटर जग्गामा कृषि खेती गरेका छन।
एक दशक हेल्भटासमा काम गरेका बुडाले आय आर्जन गर्न कृषि व्यवसाय रोजेको बताए । बुढाले ९ हजार वर्गमिटर जग्गामा स्याउ, ओखर, मोरी, कराय र बंगुर पालन व्यवसाय गरेका छन। कृषि ज्ञान केन्द्र जुम्लाले ५० वटा दाँते ओखरका विरुवा बुढालाई उपलब्ध गराएको छ। स्याउ सुपरजोनले स्पर जातको साढे २०० स्याउको विरुवा किसान बुढाई सहयोग गरेको छ।
बागवानी अनुसन्धान केन्द्र राजिकोटबाट विरुवा खरिद गरी सुपरजोनले किसान बुढालाई सहयोग गरेको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले ५० प्रतिशत अनुदानमा बंगुर पालनका लागि सहयोग गरेको बुढाले बताए। बंगुर पालनका लागि २० वटा आधुनिक खोर निर्माण गरिएको उनले बताए। कृषि क्षेत्रबाटै आर्थिक समृद्धि हासि गर्न सकिने भएकाले जागिर छोडी कृषिमा आवद्ध भएको उनको भनाइ छ।
उथ्र्रु चौतारी अलिमाथि र पटमारा अलि मुनि रहेको खोए चौतारा भन्ने स्थानमा बुढाले कृषि व्यवसाय गरेका छन। राराताल जाने पर्यटक बढी आउने भएकाले होम स्टेका लागि तयारी थालेको उनले बताए।
होम स्टेमा बास बस्न आउनेलाई लोकल कुखुराको मासु, कालीमार्सी चामलको भात र अन्य स्थानीय परिकार उपलब्ध गराउने तयारी गरेको बुढाले बताए। त्यसैले यो क्षेत्रमा बृहत्त रोजगारीको अवसर पनि उपलब्ध छ। साथै अधिकतम उत्पादन गर्ने क्षमता पनि छ कृषिमा। आर्थिक वृद्धिका मुख्य आधार मानिने रोजगारी र उत्पादनमा ठूलो हिस्सा ओगट्ने कृषिले मुलुकको अर्थतन्त्रमा समेत ठूलो हिस्सा ओगट्दै आएको छ।
कृषिमा विद्यमान सबै आर्थिक सम्भावनालाई उजागर गर्ने हो भने आर्थिक समृद्धि कृषिबाटै सम्भव हुनेमा कुनै सन्देह छैन। यद्यपि कृषिमा विद्यमान आर्थिक सम्भावनालाई उजागर गर्नका लागि विचार, कल्पना र सिर्जनशीलताका धनी युवा वर्गको ऊर्जालाई सही ढंगले उपयोग गर्ने नीति, योजना र कार्यक्रमको भने सख्त जरुरत छ।
राज्यले अख्तियार गरेका नीतिगत कमजोरीले गर्दा अरूको तुलनामा कृषि उपेक्षामा पर्दे आएकोमा कसैको विमति हुन सक्दैन। हरेक वर्ष सरकारको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राख्ने गरिए तापनि सरकारका नीति, योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा कृषिलाई बेवास्ता गर्ने प्रवृत्तिले गर्दा कृषिको विकास सन्तोषजनक ढंगमा हुन सकेको छैन।
कृषिमा रोजगारी र प्रशस्त आयआर्जनको सम्भावना भइकन पनि युवाको रोजाइमा पर्न नसक्नु कृषि क्षेत्रको दुर्भाग्य नै हो। तथापि पछिल्लो समय सरकारी तथा निजी क्षेत्रबाट पनि कृषिको उत्थानमा केही सकारात्मक पहलहरू हुन थालेकाले कृषिप्रति युवा आकर्षण बढ्ने क्रम भने जारी नै छ।
वैदेशिक रोजगारीबाट फर्केका युवाले विदेशमा सिकेको कृषिसम्बन्धी ज्ञान, सीप र अनुभवलाई नेपालको कृषि क्षेत्रमा उपयोग गर्न थालेकाले कृषिप्रति युवा आकर्षित हुन थालेको देखिन्छ। यतिमात्रै होइन, कतिपय शिक्षित युवासमेत कृषिमा लगानी प्रवर्द्धन गर्न र व्यावसायिक कृषितर्फ आकर्षित भएकाले कृषिमा विद्यमान आर्थिक सम्भावनालाई उजागर गर्नेतर्फ युवावर्ग सचेत भएको अनुमान गर्न सकिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।