समाज : सुरक्षा/अपराध

श्रीमतीको हत्या अभियोगमा पक्राउ

असार १३, २०७६

    बर्दिया : श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। बर्दियामा  आफ्नै ४५ वर्षीया श्रीमती दिलमाया देशुवा मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मधुवन नगरपालिका-९ बस्ने ५० वर्षीय केशरबहादुर देशुवा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

    कुटपिट गर्दा बेहोश भएकी दिलमायाको जिल्ला अस्पताल बर्दियामा उपचारको क्रममा मृत्यु भएपछि प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले केशरलाई पक्राउ गरेको हो।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    अवैध जडीबुटीसहित १४ पक्राउ :

    बाजुरा : बुढिनन्दा नगरपालिका-५ बेरसैनबाट सेतक चिनी र कटुकी नामक १२ बोरा अवैध जडीबुटीसहित बिहीबार दिउँसो १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-१० बस्ने ३८ वर्षीय गगन राना, बाँके नेपालगंज उपमहानगरपालिका-२ बस्ने जडीबुटी ठेकेदार ४५ वर्षीय नारद गिरी र

    उक्त जडीबुटी बोक्ने कार्यमा संलग्न बाजुरा बुढीनन्दा नगरपालिका-४ बस्ने २३ वर्षीय रामबहादुर रोकायासमेत १२ जना गरी जम्मा १४ जना रहेको प्रहरीले जनाएको छ। बाजुरा बुढिनन्दा नगरपालिका-५ बेरसैनमा अवैध जडीबुटी लुकाइछिपाई राखेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुढिनन्दाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त जडीबुटीसहित पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     विभिन्न धनमाल चोरी

    काठमाडौं :  टोखा नगरपालिका-८ मिलनटोल डेरा गरी बस्ने अर्घाखाँची नालारनी गाउँपालिका घर भएका थमनबहादुर क्षत्रीको कोठाबाट सुनका विभिन्न गरगहना र नगद ७० हजार ५ सय रुपैयाँसमेत गरी करिब १ लाख ३० हजार ५ सय रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ।

    यसैगरी काठमाडौं महानगरपालिका-३२ बस्ने ५० वर्षीया मन्जु केसीको घरबाट सुनका विभिन्न गरगहना र नगद ५० हजार रुपैयाँसमेत गरी करिब ३ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

    त्यस्तै, ललितपुर, महालक्ष्मी नगरपालिका-२ ईमाडोल खरीबोट डेरा गरी बस्ने बाग्मती गाउँपालिका घर भएका कमल प्रसाद घिमिरेको कोठाबाट नगद ४७ हजार रुपैयाँ र सोही ठाउँ डेरा गरी बस्ने भगवती श्रेष्ठको कोठाबाट नगद १७ हजार रुपैयाँ तथा सुनको नौगेडी १ थान समेत गरी करिब १ लाख २४ हजार रुपैयाँ बराबरको धनामल बिहीबार दिउँसो चोरी भएको छ। चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]